धादिङ,२९ पुष ।
धादिङका सार्वजनिक यातायात व्यवसायीहरुले निजि तथा मालवाहक सवारीमा यात्रु बोक्न नदिन माग गरेका छन् ।
रातो प्लेटका निजी सवारी साधनले जथाभावी रुपमा यात्रु ओसारपसार गरिरहेको भन्दै यसलाई रोक्न व्यवसायीले शुक्रबार जिल्ला प्रशासन कार्यालय धादिङमा ज्ञापन पत्र बुझाएका छन् ।
संयुक्त यातायात बस तथा जिप सेवा प्रालिका अध्यक्ष राम शरण थापा, नीलकण्ठ नगर यातायात प्रालिका अध्यक्ष शुभराज लुगेंली मगर, धादिङ मण्डली यातायात प्रा.लिका उपाध्यक्ष छविलाल श्रेष्ठ, ग्रामिण यातायात सहकारीका महासचिव बद्री सुवेदी र ग्रामिण यातायात धादिङ प्रा.लिका सन्तोष रिजाल लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापन पत्र बुझाएका हुन् ।
जिल्लामा निजी प्रयोजनका लागि दर्ता गरी ल्याईएको नितान्त निजी तथा मालवाहक प्रयोजनको लागि दर्ता भएका सवारी साधन रातो नम्बर प्लेट भएका सवारीले समेत सार्वजनिक सवारीको रुपमा यात्रुहरु ओसार्ने, भाडाको प्रयोजनमा प्रयोग गर्ने गरी दर्ता प्रयोजन विपरित कार्य गर्दै आएको कुरा प्रशासनलाई अवगत गराउँदा समेत कुनै कारबाही नभएको ज्ञापन पत्र भनिएको छ ।
त्यस्तै नीजी सवारीले यात्रु ओसार्न नपाउने कानुनमा भएको प्रष्ट व्यवस्थालाई समेत अटेर गर्दा यातायात व्यवसायीहरु धारायसी बनेको, अन्यायमा परेको, यात्रु मर्कामा परेको, बैधानिक रुपमा यातायात व्यवसाय सञ्चालन गरेका संस्थालाई आक्षेप लाग्ने गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
व्यवसायीले ज्ञापन पत्रलाई सम्बोधन हुनेगरी आजैदेखी सवारी चेकजाँच गरेर दर्ता प्रयोजन बमोजिम सञ्चालन भए नभएको हेरी कानून विपरित संचालन भएका सवारीलाई कारबाही गर्न माग गरेका छन् ।
गुनासो सम्वोधन नभए अप्रिय कदम समेत उठाउने व्यवसायीले चेतावनी दिएका छन् । ज्ञापन पत्र बुझेपछी प्रजिअ लम्सालले सरोकारवालासँग छिट्टै बैठक राखेर छलफल गर्ने बताउनुभयो । यसबिषयमा ट्राफिक प्रहरीलाई लिखित रुपमा निर्देशन दिने पनि बताउनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |