यसपालि चिसोले कठ्यांग्रिएर सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । तिलाठी कोइलाडी गाउँपालिका, अग्निसाइर कृष्णासवन गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक–एक जना गरी तीन जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो ।
पछिल्लोपटक विष्णुपुर गाउँपालिका-२ जमुनी टोलका ४७ बर्षीय प्रेम यादवको जाडोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।यसैगरी अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय कप्लेश्वर सदाको पुस २५ गते जाडोले कठ्यांग्रिएर मृत्यु भएको थियो ।
आफ्नै घरमा साँझमा सुतेको समयमा जाडोले कट्यांग्रिएर मृत्यु भएको स्थानीय ललकु सदाले बताए । उनको न्यानो ओढ्ने लुगाको अभावमा जाडोले कठ्यांग्रिएर मृत्यु भएको उनले जानकारी दिए ।
यसअघि शितलहर बढेसँगै चिसोले गत पुस २१ गते राती तिलाठी कोइलाडी गाउँपालिका ४ का ४५ वर्षीय देवु सदाको मृत्यु भएको थियो । साँझको खाना खाएर सुतेका बुवाको राती जाडोले कठ्यांग्रिएर मृत्यु भएको स्वर्गीय देवुको छोरा सकलदेव सदाले बताए ।
जाडोले कठ्यांग्रिएर तीन जनाको ज्यान गएपनि प्रहरीले १ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । विष्णुपुर गाउँपालिका २ का यादवको जाडोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसवर्ष जाडोले ज्यान गएको तथ्यांकमा एक जना मात्र रहेको सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले बताए । जाडोले कठ्यांग्रिएर अन्य ठाउँमा ज्यान गुमाएको हुन सक्ने भन्दै एसपी काफ्लेले प्रहरीमा मृत्युको कारणको आधार र निवेदन कतैबाट नआएकोको बताए । सप्तरीमा प्रत्येक वर्ष चिसोले कठ्यांग्रिएर सर्वसाधारणको मृत्यु भएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |