जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमाथि भ्रष्टाचार गरेको आरोप लगेको छ । अधिकारकर्मीले आज पत्रकार सम्मेलन गरी ड्यामेज कागज कवाडीमा जनकपुर पठाउने भन्दै बाहिर ल्याउने र मनोहरा खोलाको आसपासमा कन्टेनर केही दिन राखेर पछि सोही कागज जनक शिक्षाको गोदाममा ल्याउने गरेको आरोप लगाएका छन् । उनीहरूले कागज बोकेको १३ वटा कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको समेत बताएका छन् ।
गत पुस २७ गते करिब एक लाख ५३ हजार केजी कागज बोकेको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको उनीहरुको भनाइ छ । अधिवक्ता यज्ञमणि न्यौपानेले घटना भएको भोलिपल्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरीसमेत दिएको बताए ।
उजुरी दिएको आठ दिन बितिसक्दा पनि अनुसन्धानको प्रक्रिया अगाडि नबढेको उनको भनाइ छ । पत्रकार कुश्लव केसीले जनक शिक्षाको भ्रष्टाचार बाहिरबाट हेर्दा सामान्यजस्तो लागे पनि यसमा लाखौँ बालबालिकाको भविष्य जोडिएकाले आफूहरूले उक्त विषय सार्वजनिक गर्न बाध्य भएको जिकीर गरे ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |