धादिङ,११ माघ ।
धादिङकाे गल्छी र थाक्रे गाउँपालिका क्षेत्रबाट ४३ किलोग्राम लागुऔषध चरेससहित दुईजना पक्राउ परेका छन् ।
बुधबार बिहान गल्छी-६ सुत्केरी ढुङगाबाट ३४ किलो ५ सय ग्राम लागुऔषध चरेश सहित धादिङकाे गजुरी-८ किरान्चोकका ३२ वर्षीय बिर बहादुर तामाङ पक्राउ परेका हुन् ।
तामाङलाई चरेश ल्याउदै गरेको सुचनाको आधारमा लागु औषध ब्युरो कोटेश्वरका प्रहरी निरिक्षक जिबन निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिनुभयाे ।
यसैगरि मंगलबार थाक्रे गाउँपालिकाकाे महादेबबेशीबाट ८ किलाे ५ सय ग्राम चरेस सहित एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ ।
इलाका प्रहरी कार्यालय खानिखाेलाकाे प्रहरी टाेलीले पालुङबाट माहादेवबेसीतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा मकवानपुरकाे थाहा नगरपालिका-८ कि ३५ वर्षीय लक्ष्मी पुरीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी खत्रीले बताउनुभयाे ।
पक्राउ परेका दुबै जनालाई प्रतिबन्धित लागुऔषध अन्तरगत मुद्दा चलाईने प्रहरिले जनाएकाे छ ।
तस्वीर : मंगलबार पक्राउ परेकी लक्ष्मी पुरी
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |