कञ्चनपुरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिका–५ सिम्रीमा धनगढी–बेलौरी हुलाकी सडक खण्डमा म१ह ८२४ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु र अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ घर भएका २१ वर्षीय सरोज रिमालको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका रिमालको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटोमा सवार रामेछापको मन्थली नगरपालिका–११ का १८ वर्षीया सबिना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका–४ का २२ वर्षीय सुशील बुढाथोकी घाइते भएका छन् । उनीहरूको पनि धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको हो ।
चालक धनगढी उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय रमेश देवकोटा र अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |