अनुमतिपत्र बिना वस्तु विनिमय बजार व्यवसाय नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । अनुमति बिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही गर्ने धितोपत्र बोर्डले आइतबार एक सूचना जारी गर्दै जनाएको छ ।
वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था रहेको बोर्डले जनाएको छ ।
वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान नगरेको व्यहोरा सम्बन्धीत सबैमा बोर्डले सुचीत गराएको छ। पछिल्दो समयमा केही संस्था–कम्पनीले वस्तु विनिमय बजार सम्बन्धी कारोबार गरिरहेकोहरुप्रति बोर्डले ती कम्पनीहरुलाई सचेत र बोर्डको गम्भीर ध्यानाकर्षण पनि भएको छ
वस्तु विनिमय बजार र सम्बन्धी व्यवसायहरुले बिना अनुमति कुनै किसिमको कारोबार गरेमा कानुनी कारबाही हुने बोर्डले सबैलाई सूचित गराएको छ । बोर्डले आम लागानीकर्ताहरुलाई बिना अनुमति सञ्चालित वस्तु विनिमय बजार तथा व्यवसायीमार्फत् वस्तु विनिमय बजार सम्बन्धित कारोबार नगर्न आग्रह गरेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |