काठमाण्डौ,१५ माघ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल(डिपी)ले बाध्यकारी श्रमलाई शून्यमा पु¥याउने गरी काम गर्ने बताउनुभएको छ ।
आज मन्त्रालयमा बाध्यकारी श्रम सम्बन्धी प्रोटोकल पी २९० मा भएको २०१४ को अनुमोदन र बाध्यकारी श्रम उन्मुलनका लागि एकीकृत कानुनको आवश्यकता सम्बन्धी सङ्घीय सांसद र सरोकारवालाहरूसँगको छलफलमा उहाँले बाध्यकारी श्रमलाई शून्यमा पु¥याउन पहल गर्ने गरी काम गर्ने बताउनु भएको हो ।
अहिले बाध्यकारी श्रम निषेध र पुनर्स्थापना गर्नका लागि बनाउन लागिएको विधेयकलाई परिपक्व र प्रभावकारी ढङ्गले अगाडी बढाउन सबै सरोकारवाला निकायलाई आग्रहसमेत गर्नु भएको छ ।
ऐन कानुन, लामो समयसम्म काम गर्ने गरी बनाउनु पर्ने भन्दै उहाँले भन्नुभयो ‘एक पटक बनाएको नीति नियम र ऐनले लामो समयसम्म काम गर्नु पर्दछ, ता कि त्यो मन्त्री र सरकारी कर्मचारी फेरिने बित्तिकै फेर्न पर्ने नहोस्, हामीले गर्ने काममा फल्ट नहोस् परिपक्व होस्, त्यसको लागि पीडित पक्ष, सरोकारवाला निकायहरूसँग मसिनो गरी छलफल गर्न म तयार छु ।’
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |