त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । विमानस्थलको आगमन टनेल गेट नजिकैबाट सुनजस्तो देखिने धातु ५०० ग्रामसहित भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । इन्डिगो एयरलाईन्सको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुनजस्तो देखिने धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |