संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले महाशिवरात्रिमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन् । महाशिवरात्रिको पूर्व सन्ध्यामा आयोजित सरसफाइ अभियानमा सहभागी हुँदै उनले त्यस अवसरमा सुरक्षा व्यवस्था बलियो बनाउन सिसिटिभीमार्फत् निगरानी राख्न निर्देशन दिएका हुन् ।
आज “स्वच्छ पशुपति, सफा पशुपति” भन्ने नाराका साथ सुरु भएको सरसफाई अभियानका क्रममा मन्त्री किरातीले यस क्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थानका लागि छुट्टा–छुट्टै ‘डस्टिबिन’ राख्न कोषका पदाधिकारीलाई निर्देशन दिए । उनले पशुपति क्षेत्रमा आउने दर्शकका लागि सहज शौचालयको व्यवस्था गर्न समेत निर्देशन दिए ।
आजदेखि सुरु भएको पशुपति क्षेत्र सरसफाइ अभियान एक सातासम्म चल्ने छ । महाशिवरात्रि नजिकिएसँगै पशुपति परिसर क्षेत्रमा रङरोगन, मर्मत तथा फूल तथा बिजुली बत्ती सजावटको काम सुरु भइसकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले बताए।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |