यातायात मजदुरहरुले मंगलबारदेखि काठमाडौं उपत्यकाको रुटमा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। यातायात मजदुरका तीनवटा संगठनले सोमबार साँझ संयुक्त विज्ञप्ति निकालेर सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन्।
बालाजुस्थित नयाँ बसपार्क चलाउँदै आएको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए। उनीहरूले बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरूद्ध गरेका छन्।
त्यसक्रममा प्रहरीसँग झडप हुँदा उनीहरुले नेपाल प्रहरीको बालाजु बृत्तको एउटा भ्यानमा आगोसमेत लगाएका छन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन गरेका हुन् ।
मजदुरहरुले ट्राफिक प्रहरीले ऐनविपरीत १५ सय जरिवाना असुलेको, चालकहरूको अनुमतिपत्र जथाभावी निलम्बन गरेको, प्रदूषणका नाममा मनोमानी रकम उठाएको आरोप लगाएका छन्।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |