धादिङ,०४ फागुन।
धादिङमा भएको छुट्टाछुट्टै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन् ।
गएराती धुनिवेसी नगरपालिका-८ खानीखोलामा टिप्परको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो। काठमाडौबाट गजुरीतर्फ आउदै गरेको बा २ क ५६३३ नम्बरको टिप्परले ठक्कर दिदा घाइते हुनुभएका धुनिवेशी-६ गैरीगाँउका ६५ वर्षीय रामकृष्ण श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
श्रेष्ठको काठमाडौस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको मिश्रले बताउनुभयो । ठक्कर दिने टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ।
त्यसैगरी गएराती नै खानीखोलामा बस र कार ठोक्किदा धुनिवेसी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण रेग्मी घाईते हुनुभएको छ ।
गौतमका अनुसार काठमाण्डौबाट गजुरीतर्फ आउँदै गरेको ना ५ ख १५६० नम्बरको बस र काठमाडौतर्फ जादै गरेको बा २० च ६६७० नम्बरको कार एकापसमा ठोक्किदा कारमा सवार वडा अध्यक्ष रेग्मी घाईते हुनुभएको हो।
उहाँको काठमाडौस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |