नेपालमा पटकपटक जनआन्दोलनहरु भए । देशको आमूल परिवर्तनका लागि २००७, २०४६, २०६२\०६३ सालमा जनआन्दोलन भए । यी जनआन्दोलनहरुमध्ये २०४६ साल फागुन ८ गते सोमबार आजकै दिन भक्तपुरवासीहरुको लागि अविस्मरणीय जनआनदोलनको सम्झनाको दिन बन्यो । किनकि २०४६ सालको जनआन्दोलनको क्रममा फागुन ८ गते आजकै दिन भक्तपुरको टौमढी (पाँंचतल्ले मन्दिर अगाडि) गोली चलेकोे थियो र त्यही गोलीबाट भक्तपुरमा चार जना शहीद भएका थिए ।
आजकै दिन टौमढीमा गोली लागेर राजकुमार सुवाल र हरिकृष्ण भुजुको निधन भएको थियो भने टौमढीमा अलि पर त्रिपुरासुन्दरीमा निर्मलकुमार शाक्य र सुकुलढोकामा कृष्णराम दुवालमाथि गोली लागेर सहादत भएका थिए ।
२०४६ साल फागुन ७ गते पञ्चायती शाशनविरुद्ध प्रजातन्त्रका लागि देशैभर नेपाली कांग्रेसलगायतका संयुक्त दलहरुले जनआन्दोलनको घोेषणा गरी आन्दालन सुरु गरेका थिए । यो क्रममा भक्तपुरमा फागुन ८ गते जुलुश निस्केको थियो । भक्तपुर नगरको सूर्यमढीबाट सुरु भएको जुलुश नगर परिक्रमा गर्दै टौमढीमा पुग्दा भिड थामिनसक्नु भएको थियो । यही भीडमा प्रहरीले अन्धाधुन्ध गोली वर्षा गर्दा घटनास्थलमै भक्तपुरका राजकुमार सुवाल र हरिकृष्ण भुजुको निधन भयो ।
नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुरका तत्कालीन अध्यक्ष एवं घटनाका प्रत्यक्षदर्शी रवीन्द्र खर्बुजाले बिहान पौने ९ बजेतिर अन्धाधुन्ध गोली चलाइएको स्मरण गरे । जुलुस टौमढी पुग्दा सुरक्षाकर्मीले नियन्त्रणमा लिन नसकेपछि बिना चेतावनी गोली चलाइएको र टौमढीमा घटनास्थलमै दुईजना शहीद भएको उनले सुनाए ।
‘यहाँं दिउँंसो १२ साढे १२ बजेसम्म आन्दोलनकारी र प्रहरीबीच झडप भइरह्यो,’ उनले भने, ‘यही क्रममा यही दिन टौमढी नजिकैको त्रिपुरासुन्दरीमा निर्मलकुमार शाक्य र सुकुलढोकामा कृष्णराम दुवालमाथि पनि गोली लाग्यो र निधन भयो ।’
जनआन्दोलन २०४६ को क्रममा देशैभर आन्दोलन हुँंदा भक्तपुरको टौमढीमा पहिलोपटक गोली चलाइएको जनाइएको छ । जनआन्दोलन २०४६ को क्रममा भक्तपुरका यी चारसहित पुष्परत्न शाक्य र महेश श्रेष्ठ पनि शहीद भएका थिए । साथै त्यही आन्दोलनको क्रममा भक्तपुरमा तीन दर्जन बढी घाइते भएका थिए ।
यही दुखद् घडीको सम्झनामा भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष फागुन ८ गते शहीदको सम्झनामा शहीद दिवस मनाउँंदै आएको छ । भक्तपुर नगरपालिका वडा नं २ स्थित भक्तपुरका यी ६ जना शहीदहरुको सम्झना र सम्मानमा बनाइएको शहीद स्मृति उद्यानमा शहीदहरुको शालिकमा माल्यार्पण गरी शहीद दिवस मनाउँंदै आएको छ ।
उद्यान झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको छ । उद्यानको बीचमा २०४६ सालको जनआन्दालनको क्रममा भक्तपुरबाट सहादत प्राप्त शहीदहरु राजकुमार सुवाल, हरिकृष्ण भुजु, निर्मलकुमार शाक्य, कृष्णराम दुवाल, पुष्परत्न शाक्य र महेश श्रेष्ठ ६ जना शहीदहरुको संयुक्त शालिकमा माल्यापर्ण गरिन्छ ।
प्रजातन्त्र पुनस्थापनाका लागि नेपालमा २०४६ साल फागुन ७ गतेबाट जनआन्दोलन सुरु भएको थियो । ३९ दिन लामो जनआन्दोलनपछि २०४६ चैत्र २६ गते नेपालमा प्रजातन्त्र पुनस्थापना भएको थियो । यस क्रममा देशभरका १४ जिल्लाका ४१ जना शहीद भएका थिए ।
नेपालमा २००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भई पहिलो पटक प्रजातन्त्र आएको थियो । त्यसपछि फेरि २०४६ सालमा दोश्रो जनआन्दोलन भई दोस्रो पटक प्रजातन्त्र पुनस्थापना भएको थियो । यसपछि २०६/०६३ मा भएको तेस्रो जनआन्दोलन पश्चात नेपालमा गणतन्त्र घोषणा गरिएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |