धादिङ,०८ फागुन ।
नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखामा तालाबन्दी भएको छ ।
उत्तरी धादिङको मार्पाक उपशाखामा २ सय ५९ जना आजिवन सदस्यमध्ये १ सय २३ जना आजिवन सदस्यले आफुलाई जानकारी नदिई उपशाखाको साधारणसभा र अधिवेशन गरेकोले पुनः साधारणसभा र अधिवेशन गर्न माग गर्दै मार्पाकका रेडक्रसकर्मीद्धारा सोमबार धादिङ जिल्ला शाखामा तालाबन्दी गरेका हुन् ।
मार्पाक उपशाखाका पुर्व सभापति समेत रहनुभएका चन्द्रबहादुर अधिकारीको नेतृत्व टोलीले तालाबन्दी गर्दै उपशाखाको पुनः निर्वाचन गराउन र जिल्ला शाखाको अधिवेशनमा सहभागी गराउन माग गरेका छन् ।
पुस २३ गरिएको उपशाखा अधिवेशन तथा साधारणसभामा आजिवन सदस्यहरुलाई खबर नभएर कार्यक्रममा नआएपछि साारणसभा तथा अधिवेशन पुनः गर्न माग गर्दै पुस २८ गते जिल्ला शाखामा १ सय २३ जना आजिवन सदस्यहरुको हस्ताक्षरसहित उजुरी गरिएको थियो ।
जिल्ला शाखाले आजिवन सदस्यको माग सम्बोधन नगरेका कारण जिल्ला प्रशासन कार्यालयमा फागुन २ गते आजिवन सदस्यहरुको हस्ताक्षर सहित उजुरी गरिएकोमा सोहिदिन जिल्ला प्रशासन कार्यालयबाट नेपाल रेडक्रस सोसाइटीलाई पत्रसहित स्पष्टीकरण सोधेको थियो ।
आजदेखी नेपाल रेडक्रस सोसाईटी धादिङको ३६ औँ साधारणसभा तथा १२ औँ अधिवेशन सुरु भएको छ । साधारणसभा तथा अधिवेशन चलिरहेको समयमा जिल्ला शाखाको कार्यालयमा तालाबन्दी भएको छ ।
जिल्ला सभा संचालन भईरहँदा समेत आफुहरुको माग सम्बोधन नभएकोले न्यायिक निकायसमक्ष जाने मार्पाक उपशाखाका पुर्व सभापति चन्द्रबहादुर अधिकारीले बताउनुभयो ।तस्विर:सिताराम अधिकारी
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |