धादिङ,०९ फागुन।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुुगेको छ। काम सम्पन्न गर्ने निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ काम तिव्र गतिमा अघि वढेको छ ।
बेनिघाट रोराङ गाउँपालिकास्थित विशालटारमा रु ७ करोड ८७ लाख ४१ हजार लागतमा २०७८ असार ७ गतेदेखि निर्माण शुरु गरिएको प्रशासनिक भवन निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको गाउँपालिकाका ईन्जिनियर प्रकाश सिलवालले बताउनुभयो ।
एक हजार २ रोपनी क्षेत्रफलमा निर्माणधिन भवनमा एक तला कार्यपालिका र दुई तला प्रशासनिक भवनको रुपमा रहने सिलवालले बताउनुभयो ।उहाँका अनुसार भवनमा २४ वटा शाखा अट्ने छन् ।
निर्माणाधिन भवन अपाङ्गमैत्री, बालमैत्री, वातावरणमैत्री, लिफ्ट, ब्रेष्ट फिडिङ, पुस्तकालय, सेवाग्राही वेटिङ रुम तथा दुईसय जनाभन्दा बढि अट्ने हलसहित हुने गाउँपालिकाका ईन्जिनियर सिलवालको भनाई छ ।
आगामी २०८० असार ६ गतेसम्म निर्माण अवधि भएपनि निर्माण कम्पनीले सम्झौताअघि नै काम सम्पन्न गर्ने सिलवालले बताउनुभयो । समय भन्दा अघि नै निर्माण सम्पन्न गरेर आगामी बैशाख महिनाभित्रै गाउँपालिका कार्यालय नयाँ भवनमा सर्ने योजना रहेको सिलवालले बताउनुभयो । भवनको ठेक्का निर्माण कम्पनी ओमबुद्ध ज्वालामुखी भेनस जे.भीले लिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |