गजुरी,१६ फागुन ।
गजुरी गाउँपालिका वडा नं.७ पेटारेमा गजुरीको पेटारेमा अभिभावक शिक्षा संचालनमा आएपछि घटना दर्ता गर्ने बढेका छन् ।
प्रयास नेपाल धादिङ, प्लानेट इन्फान्ट एण्ड डेभलमेन्ट र गजुरी गाउँपालिकाद्धारा संचालित प्रारम्भीक बाल विकासमा लगानी परियोजना अन्र्तगत अभिभावक शिक्षा संचालनमा आएपछि घटना दर्ता गर्न अग्रसर भएका हुन् ।
मंगलबारमात्रै एउटै गाउँका ३६ जनाले घटना दर्ता गराएका छन् । गजुरी गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष बद्री प्रसाद जमकट्टेलको समन्वय र सहकार्यका एउटै टोलका ३३ जनाले जन्म दर्ता र ३ जनाले विवाह दर्ता गराएको वडा सचिव लक्ष्मी फुयालले बताउनुभयो ।
उक्त घटना दर्तामा २ महिनादेखि १८ वर्षसम्मकाले जन्मदर्ता गरेको वडासचिव फुयालको भनाई छ । घटना दर्ता गर्नको लागि वडा अध्यक्ष जमकट्टेलले यातायातको व्यवस्था समेत गर्नुभएको थियो ।
तामाङ जातिको मात्रै बसोबास रहेको सो समुदायमा घटना दर्ता गर्नुपर्छ भन्ने कुरा जानकारी नै नभएको वडा नं.७ का वडा सदस्य विकास तामाङले बताउनुभयो । उहाँका अनुसार पेटारे गाउँका अझै १५ जनाभन्दा बढीको घटना दर्ता गर्न बाँकी रहेको छ ।
प्रयास नेपाल धादिङले अभिभावक शिक्षा अन्र्तगत वैठकका घटना दर्ता र त्यसको महत्व बुझाएपछि जन्म दर्ता विवाह दर्ता गर्न अग्रसर भएको प्रयास नेपाल धादिङका कर्मचारी कपिलदेव सापकोटाले बताउनुभयो।
प्रयास नेपाल धादिङको जनचेतना मूलक कार्यक्रमकने प्रभावले पनि घटना दर्तामा स्थानीयले चासो देखाएको कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |