धादिङ,१७ फागुन
धादिङको नीलकण्ठ नगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण भएका घर टहरा हटाउन रेखांकन गर्न थालेको छ ।
नगरपालिकाले सोमबारदेखी धादिङबेसीस्थित बजारक्षेत्र, थोपल खोला, अरुण खोला र आँसी खोलाको सिमा तथा आसपासका सरकारी तथा सार्वजनिक जग्गाको रेखांकन गर्न सुरु गरेको छ।
खोला क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमणका कारण खोलाले पुर्याउने क्षती कम गर्नको लागि रेखांकन गरेर बस्तीलाई जोखिमबाट जोगाउनको लागि रेखांकन गरीएको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।नगरपालिकाको वडा नं ३,४,८ र १२ का क्षेत्रमा रेखांकन गर्ने कार्य जारी रहेको श्रेष्ठले बताउनुभयो ।
यदि कोही कसैले रेखांकन गरिएको क्षेत्रमा गाडिएका पोलहरु उखेलेर फाल्ने, नगरपालिकाको निर्णय बिरुद्ध लाग्ने व्यक्तिहरुलाई सार्वजनिक मद्दा हाल्ने,सार्वजनिक सेवा सुबिधा कटाउने बताउनुभयो ।
रेखांकन गरिएका सार्वजनिक जग्गामा रहेका घर टहरालाई तत्कालको लागि केही नगरे पनि नगरसभाको निर्णयबाट पारित भएपछी कारबाही प्रक्रिया अगाडि बढाइने अध्यक्ष श्रेष्ठको भनाई छ ।
उहाँले ३५ दिने सूचना निकालेर भत्काउन सुरु गरिने बताउनुभयो ।
नगरपालिकाको बिपद् व्यवस्थापन सम्बन्धी बैठकले सरकारी तथा सार्वजनिक जग्गा मिचेर कसैले जबरजस्ती निर्माण गरेमा स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ४१ को उपदफा(१) र(२) बमोजिम भत्काउने खर्च समेत सम्बन्धीत निर्माण कर्ताबाट असुल उपर गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |