आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्र संघवाट ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको छ । नेपालमा भने ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदै छ ।
अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित हरेक वर्ष संसारभर विभिन्न कार्यक्रम गरेर मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।
नेपालमा जस्तै विश्भरीका धेरैजसो देशले यस दिन सार्वजनिक बिदा दिने गरेका छन् ।
कतिपय देशले भने नारी दिवस फरक ढगले मनाउने गरेका छन्, जसको आफ्नै मौलिकता झल्किन्छ । रुसमा यस दिवसकाे अघिल्लो दिनदेखि पछिल्ला दिनहरुमा फूलको व्यापार अन्य दिनभन्दा दोब्बर हुन्छ। मानौं, भ्यालेन्टाइन डेलाई झल्को दिनेगरी फूल एक अर्कालाई दिएर नारी दिवस मनाइन्छ ।
इटलीमा भने यो दिन पहेँलो रङको फूल एकअर्कालाई दिएर मनाइन्छ। यो परम्परा दोस्रो विश्व युद्धपछि रोमबाट थालिएको ठानिन्छ।
अमेरिकामा मार्च ८ लाई मात्र होइन, मार्चभर नै महिलाको ऐतिहासिक महिना मानिन्छ।
चीनमा भने नेपालमा जस्तै मार्च ८ मा महिलाहरूलाई आधा दिन बिदा दिइन्छ, तर धेरै रोजगारदाताले आफ्ना महिला कर्मचारीलाई आधा दिन बिदा दिँदैनन्। चीनमा भने पछिल्लो समय रोजगारदाता कम्पनीहरुलाई राज्यले क्रमश: बिदा दिन बाध्य गराउँदै छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |