धादिङ,२२ चैत ।
उपकरण बिग्रिदा नागढुङ्गामा सुरुङ खन्न रोकिएको छ ।सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा २० दिनदेखी नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिनुुभयो ।
त्यहाँको भूवनोट कमजोर रहेको र काम गर्दा उपकरणमा विग्रने समस्या आइरहेकोले अरु काम चलेपनि सुरुङ खन्ने प्रगति कम रहेको श्रेष्ठले बताउनुभयो । निर्माण कम्पनीसँग अहिले जनशक्ति र उपकरण दुबै पर्याप्त भएकोले राम्रोसँग ‘सिस्टम’ ल्याउन र आवश्यक उपकरणका पार्ट फेर्न भनेको उहाँले बताउनुभयो ।
आयोजनामा हालसम्म ५० दशमलव १५ प्रतिशत भौतिक प्रगति भएको छ । मुख्य सुरुङको लम्बाइ दुई किमी छ सय ८८ मिटर रहेकामा अहिलेसम्म जम्मा एक हजार आठ सय ६९ किमी खन्न सकिएको छ ।
सुरुङभित्र ‘कङ्क्रिट लाइलिङ’को काम ३४ दशमव आठ प्रतिशत प्रगति रहेको छ । जमिनमा गर्ने काममध्ये सडकमार्ग उत्खनन ७९ दशमवलव दुई प्रतिशत र तटबन्ध पुर्ने काम (इब्याङमेन्ट फिलिङ) ७० दशमलव ५ प्रतिशत सकिएको छ ।
आयोजना अन्तर्गत नै निर्माण गर्नुपर्ने १२ संरचनामध्ये ११ सम्पन्न भइसकेको छ । फ्लाईओभर निर्माणाधीन छ । आयोजनामा तीन अण्डरपास, चार बक्स कल्भर्ट, एक ओभर पास र तीन पुल सकिएको छ ।
नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच विसं २०७६ असोजमा सम्झौता भएर कात्तिकमा सो आयोजना शिल्यान्यास भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माण भइरहेको सुरुङमार्ग निर्माणको सुरुमा अवधि ४२ महिना थियो।
धादिङ र काठमाडौँमा जग्गा प्राप्तिको समस्याको समाधान भइसकेको छैन । काठमाडौँतर्फ निर्माणस्थलमा दुई तीन जनाको व्यक्तिगत जग्गा मुआब्जा दिनुपर्ने छ । धादिङतर्फ स्थानीयवासीले उपभोग गरिरहेको जग्गा गुठीको छ।
गुठीको जग्गाको मुआब्जा अरुभन्दा कम पाउने भए पनि उनीहरुले बढी मागरिहेको आयोजनाका प्रमुख श्रेष्ठले बताउनुभयो । जग्गा उपलब्ध नहुँदा काममा बाधा पुगेको छ ।
अहिले आयोजना पूरै ठप्प नभएर सुरुङ खन्ने काममा मात्रै बाधा पुगेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा.विजय जैसीले बताउनुभयो । अरु संरचना निर्माण नियमित भइरहेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |