धादिङ–पृथ्वी राजमार्गको नौविसे मलेखु सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ।
धादिङको थाक्रे गाउँपालिकाको खयरघारी र गजुरी गाउँपालिकाको पोखरेखोला नजिकको स्थानमा सडक विस्तारको लागि सवारी रोक्न लागिएको हो।
सोमबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा बसेको नागढुंगा–मुग्लिङ सडक योजना(पुर्वी खण्ड) विस्तार कार्यको सहजिकरण सम्बन्धी बैठकले यही असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमन रोकेर काम गर्ने निर्णय गरेको छ।
सडक निर्माणको समयमा यात्रुलाई हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै एम्वुलेन्स र सुरक्षा निकायको सवारी साधनबाहेक अन्य सबै सवारी रोकेर निर्माण कार्य सुचारु गर्न लागिएको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ।
बैठकले निर्माण कार्यस्थल नजिक हुनसक्ने सम्भावित सवारी चापलाई मध्यनजर गरी राजमार्गका उपयुक्त स्थानमा सवारी रोकी व्यवस्थापन गर्ने र सो का लागि आवश्यकता अनुसार छिमेकी जिल्लासँग समन्वय गर्ने निर्णय गरेको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |