धादिङ,०४ असोज।
पृथ्वी राजमार्गको नौविसे मलेखु सडक खण्डमा आजदेखी दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ।
धादिङको थाक्रे गाउँपालिकाको खयरघारी र गजुरी गाउँपालिकाको पोखरेखोला नजिकको स्थानमा सडक विस्तारको लागि आजदेखि रातको समय चार घण्टा बन्द हुने भएको हो।
पृथ्वीराजमार्गको नौबिसे‐मलेखु सडक खण्डको विस्तार कार्य भइरहेकाले खयरघारी र पोखरेखोला नजिक बाङ्गेमा स्वीकृत डिजाइनअनुसार सडक चौडा गर्दा निर्माणको समयमा सवारी प्रयोगकर्तालाई हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै आजदेखि २० गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी रोकिने धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो।एम्वुलेन्स र सुरक्षा निकायको सवारी साधनबाहेक अन्य सबै सवारी रोकेर निर्माण कार्य सुचारु गर्न लागिएको उहाँको भनाई छ ।
अहिले काठमाडौं–नागढुंगा–नौबिसे त्रिभुवन राजपथ र नौबिसे–मलेखु पृथ्वीराजमार्ग सुधार तथा विस्तारको काम भइरहेको छ ।
नौबिसे–मलेखु खण्डको विभिन्न स्थानमा भीर काट्दा सडक अवरुद्ध हुने भएकाले रातको सयम सडक बन्द गरेर काम गर्दा छिटो र सुरक्षित हुने भएकाले राति चार घण्टा सडक बन्द गरिने भएको हो ।पूर्वमा थाक्रे गाउँपालिका–१ एक्लेफाँट र पश्चिममा गजुरी गाउँपालिका–५ घाटबेसीमा सवारीसाधन रोकिने छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |