सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । पश्चिम एसियाको राष्ट्र इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो ।
सार्वजनिक बिदा नदिई राष्ट्रिय शोकको मात्रै घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन ।
जसअनुसार आज सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । हिजो आकस्मिक रुपमा बसेको बिशेष मन्त्रीपरिषद बैठकले इजरायलमा मारिएकाहरुका पीडित परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय पनि थियो ।
पश्चिम एसियाली राष्ट्र इजरायलमा गत शनिवार प्यालेष्टाइनी अतिवादी समुह हमासले अचानक आक्रामण गरे पछि ‘पढने पनि कमाउने पनि’ कार्यक्रममार्फत इजरायल पुगेका १० जना नेपालीको हत्या भएको थियो । सोही हत्याको शोकमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको हो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |