धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–५ को खरी दर्बुङघाट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।
आज बिहान ७ बजेर ३९ मिनेटमा गएको ६ दशमलव १ रेक्टरस्केलको भूकम्पले दुई घरमा पूर्ण क्षति पुगेको छ भने १० घरमा आंशिक क्षति गरी १२ वटा घरमा क्षति भएको विवरण आएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले जानकारी दिनुभयो ।
थप क्षति भए/नभएको बुझ्दै गरिएको उहाँको भनाई छ ।भूकम्पपछि वडा नम्बर ५ को एक ठाउँमा ठूलो पहिरोसमेत गएको दनैले बताउनुभयो ।हालसम्म कुनै मानवीय र चौपाया क्षति नभएको जानकारी प्राप्त भएको छ।
भूकम्प गएपछि बिहान त्यस क्षेत्रमा केहीबेर विद्युत् आपूर्ति बन्द भएको थियो । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिरै सुरक्षित बस्न भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आवश्यकताअनुसार राहतको तत्काल व्यवस्था गर्ने गरी टोली अवस्था बुझ्न घटनास्थलतर्फ पठाइएको बताउनुभयो।
वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले भूकम्पपछि लगातारजसो परकम्प आइरहेकाले सचेत हुन आग्रह गर्नुभएको छ।
बिहान भूकम्प गएपछि धादिङका धेरै ठाउँका बासिन्दा घर बाहिर निस्किएका थिए ।भूकम्पको धक्का काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्प गएको क्षेत्र गोरखासँग सीमा जोडिएको क्षेत्र हो । तस्विर:राजेश अधिकारी,ज्वालामुखी(खरी)
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |