जाजरकोट केन्द्र बनाएर गएराति गएको ६.४ रेक्टरस्केलको भूकम्पले शनिबार विहानसम्म ७३ जनाले ज्यान गुमाएका छन् । १०८ जना घाइते भएका छन्।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर आएको भूकम्पमा परेर अहिले शनिबार विहान छ बजेसम्मको तथ्याङ्क अनुसार ७३ जनाको मृत्यु हुनुका साथै १०८ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भिम ढकालले जानकारी दिए ।
उद्दारका लागि प्रहरी खटिरहेको छ र मृतक र घाइतेको संख्या बढ्न सक्ने उनले बताए ।प्रहरीका अनुसार जाजरकोटमा ४४ जना र रुकुममा २७ जनाको शव निकालिएको छ।
प्रहरीले नेपालगञ्जबाट प्रहरी अस्पतालको टोली आवश्यक औषधिसहित खटाएको छ भने छिमेकी जिल्लाहरुबाट पनि उद्दारका लागि प्रहरी पठाएको जनाएको छ।रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सुतिरहेको बेला भूकम्प गएकाले धेरै जना घर बाहिर निस्कन पाएका थिएनन् । सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।
भूकम्पको धक्का धादिङसहित देशका धेरै ठाउँमा महसुस भएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |