जाजरकोटमा गएराति केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ ।
भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । त्यस्तै रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको छ ।जाजरकोट र रुकुम–पश्चिममा गरी अहिलेसम्म कम्तीमा एक सय २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् ।जाजरकोटमा ७० जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।
भूकम्पका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ ।केही ठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएका कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए।
यस्तै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले भूकम्पबाट ज्यान गुमाएका २७ जनाको नामावली सार्वजनिक गरेको छ ।
ज्यान गुमाउनेमध्ये १५ जना पुरुष र १२ जना महिला रहेका छन् । सानीभेरी गाउँपालिकामा ९ जना र आठबिसकोट नगरपालिकामा १८ जनाको ज्यान गएको छ ।
प्रहरीले सार्वजनिक गरेको मृतकको नामावली :
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |