जिल्ला अदालत कास्कीले जातीय भेद्भाव तथा छुवाछुतसम्बन्धी कसुरमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई साढे चार महिना कैद र ७५ हजार रुपैयाँ जरिबानाको फैसला गरेको छ।
वडाध्यक्ष अधिकारीलाई जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले कैद र जरिबानाको आदेश गरेको हो।
वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गाली गलौज गरेको भन्दै नेपालीले जिल्ला प्रहरी कार्यालय कास्कीमा गएको वर्ष पुस २४ मा जाहेरी दर्ता गराउनुभएको थियो ।
नेपालीको किटानी जाहेरीपछि अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा हुनुभएको थियो ।
जातीय तथा अन्य सामाजिक छुवाछुत र भेद्भावसम्बन्धी कसुर र सजाय ऐन, २०६८ को दफा ७ बमोजिम फैसला भएको हो । यो दफामा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था छ ।
यो दफा अनुसार तीन महिना कैद सजायको व्यवस्था रहे पनि वडाध्यक्ष अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले ५० प्रतिशत थप सजाय भएको जनाईएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |