धादिङबेसी,१२ मंसिर।
धादिङबेसीमा जलवायु परिवर्तन सम्बन्धी जनचेतनामुलक प्रभातफेरी गरिएको छ।
मंगरबार टिडिएच जर्मनको साझेदारीमा सिविस संस्थाद्वारा निलकण्ठ नगरपालिकामा संचालित स्थानिय देखि विश्वव्यापी परियोजनाको संयोजनमा “बालबालिका र युवाहरूको वातावरण र जलवायु अधिकार“ भन्ने नाराका साथ प्रभातफेरी निकालिएको हो।
सदरमुकाम धादिङबेसीस्थित पुछारबजारबाट सुरु भएको सो प्रभातफेरी बजारको विभिन्न भाग परिक्रमा गरी सिरान बजार पुगेर कोणसभामा परिणत भएको थियो ।
सहभागीहरुले जलबायु परिवर्तन सम्बन्धी प्ले कार्ड बोकेका थिए।
जलवायु परिवर्तन सम्बन्धि जनचेतनामुलक सन्देश दिन आयोजित प्रभातफेरीमा निलकण्ठ नगरपालिकाका प्रशासन अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गैसस महासंघ धादिङका अध्यक्ष,पत्रकार महासंघ धादिङका अध्यक्ष,सिविस संस्थाका कार्यक्रम संयोजक, निलकण्ठ नगर प्रहरी, निलकण्ठ नगर युवा सञ्जालका सदस्य तथा अन्य युवा गरी १२० जनाको सहभागीता रहेको सिविसका जिल्ला युवा अधिकृत ईश्वरी कोईरालाले जानकारी दिनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |