धादिङ। धादिङबेशीमा वातावरणीय अधिकार सम्बन्धी अन्तरक्रिया गरिएको छ।
सिविसको आयोजना,टिडिएच जर्मनको साझेदारी तथा नीलकण्ठ नगरपालिका युथ नेटवर्कको सहकार्यमा शुक्रबार धादिङबेशीमा वातावरणीय अधिकार विषयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको हो।
नीलकण्ठ नगर युवा सञ्जालका अध्यक्ष सुस्मिता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख कुलमान विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा सिविसका युवा पैरवी संयोजक पवन खरेलले वातावणका सवालहरू प्रत्यक्ष अप्रत्यक्षरूपमा अधिकारसँग जोडिएको बताउदै हरितगृह कायम गर्नपनी वातावरण जोगाउनुपर्ने बताउनुभयो ।
डिभिजन वन कार्यालयका प्रमुख विष्णु प्रसाद आर्चायले सहजिकरण गर्नुभएको अन्तरक्रियामा जलवायु परिवर्तनले मानव स्वास्थ्य, खाद्य अधिकारमा पारेको असर ,समस्या, जलवायु परिवर्तनको सुचक,स्थानीय स्तरमा जलवायु परिवर्तनको समस्याहरु,युवाहरुको भुमिका र समाधानको उपाय लगाएतको विषयमा छलफल गरिएको थियो।
वातावरण जोगाउन हाम्रो वरपरको वातावरणलाई संरक्षण गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले जोड दिए।
कार्यक्रममा नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा, धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, प्रहरी प्रमुख गौतम मिश्र, जिल्ला वन कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्य, कृषि ज्ञान केन्द्रका प्रमुख निर्मला गुरूङ, सामुदायिक वन उपभोक्ता महासंघका प्रमुख भवनाथ अधिकारी, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा,गैसस धादिङका अध्यक्ष शालिकराम दुवाडि, निलकण्ठ नगर युवा सञ्जालका युवारू लगाएतको उपस्थिती रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |