धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ मुलपानीका स्थानियलाई विद्युतीय इन्फ्रारेड चुलो वितरण गरिएको छ।
संघीय गणतन्त्र जर्मनीको दूतावासको सहयोगमा ग्रामिण आपसी विकास(RMD) धादिङले सोमबार मुलपानीमा एक कार्यक्रमको आयोजना गरी चुलो वितरण गरेको हो ।
‘त्रिपुरासुन्दरी गाउँपालिकामा अपाङ्गता भएको व्यक्ति, महिला र समुदायका लागि दिगो उर्जा’ कार्यक्रम अन्तरगत सोमबार वडा नं ३ साविकको मुलपानी गाविसका २ सय ४१ घरधुरीलाई निःशुल्क चुलो वितरण गरिएको ग्रामिण आपसी विकासका कार्यकारी संयोजक शेर बहादुर भण्डारीले बागमती कलमलाई जानकारी दिनुभयो ।
वितरण कार्यक्रम बुधबारसम्म चल्ने र वडाको ७ सय ३० घरधुरीलाई नै चुलो वितरण गरिने उहाँले बताउनुभयो ।
खाना पकाउन ग्याँसको सट्टामा विद्युत् प्रयोग गरेमा झण्डै आधासस्तो पर्ने, घरभित्रको बायोमास घटाउने र भान्सामा काम गर्ने महिलाहरुको स्वास्थ्यमा सुधार गर्दै जलवायु परिवर्तनको असर न्यूनिकरणमा सरकारले राखेको लक्ष्य पूरा गर्न चुलो वितरण गरिएको बताउनुभयो ।
पुरै वडालाई समेटेर बागमती प्रदैशमै पहिलो पटक मुलपानीमा विद्युतीय चुलो वितरण गरिएको कार्यकारी संयोजक भण्डारीको भनाई छ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले विद्युतीय चुलो अन्य इन्धनभन्दा सस्तो, पकाउन सजिलो र सुरक्षित हुने भन्दै स्थानियलाई नियमित प्रयोग गर्न आग्रह गर्नुभयो। यस्को प्रयोगले ग्यासको आयातलाई प्रतिस्थापन गर्न र देश बाहिर जाने रकमलाई रोक्ने अध्यक्ष उप्रेतीले बताउनुभयो ।
यस्तै कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देवराज धरेल, वडा नं ३ का वडाध्यक्ष कमल बहादुर थापा, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले विद्युतीय चुलोबाट गृहिणीहरूको जीवनस्तरमा सुधार ल्याउने भन्दै यस्को नियमित प्रयोग गर्न आग्रह गर्नुभयो।
ग्रामिण आपसी विकास धादिङका श्याम मगरातीले सञ्चालन गर्नुभएको वितरण कार्यक्रममा अध्यक्ष गर्भे मिजारको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो।
विद्युतीय चुलो इन्डक्सन र इन्फ्रारेडमा के फरक छ ?
इन्फ्रारेड चुलो हेर्दा इन्डक्सन जस्तै देखिए पनि यसको काम गर्ने शैली भने फरक हुन्छ । यसमा ग्यासमा जस्तै सामान्य भाँडा प्रयोग गरेर खाना पकाउन सकिन्छ ।
इन्डक्सनको तुलनामा यो चुलो अलि महंगो हुने भएकाले र यसले हिटरको जस्तो काम गर्ने भएकाले बजारमा यसको माग कम हुने बताईएको छ ।
इन्डक्सन चुलोमा ताप सबैतिर समान रूपमा जाने भएकाले ग्यासको तुलनामा यो चुलोमा छिटो खाना पाक्छ। तर इन्डक्सनमा प्रयोग गरिने भाँडा इन्डक्सन बेस नै हुनुपर्छ ।
इन्डक्सन चुलोको मूल्य ३५ सयदेखि ४५ सय रुपैयाँसम्म छ भने इन्फ्रारेडको ४ हजार ९७५ देखि ९ हजार ९०० रुपैयाँसम्म पर्न जान्छ । साधारणतया इन्डक्सन तथा इन्फ्रारेड चुलोहरू १८ सय वाटदेखि २२ सय वाटसम्मको पाइन्छ ।
तर धेरै चुलो २ हजार वाट क्षमताका हुन्छन्। कुनैकुनै इन्डक्सन र इन्फ्रारेड भने २२ सय वाटभन्दा माथि पनि हुन्छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |