धादिङ । सदरमुकाम धादिङबेशी बिचबजारमा पार्किङ गरिराखेको कार भित्र फेलापरेको शंकास्पद सुटकेसमा थोत्रा कपडा,सुर्ती र चिजबल रहेको खुुलेको छ ।
नीलकण्ठ नगरपालिका–३ बीचबजारमा पार्किङ गरिराखेको बा १६ च ९१७२ नम्बरको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको गाडिमा अपरिचित ब्यक्तिले राखेको सुटकेस झण्डै ५ घन्टा पछि नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको थियो ।
राती पौने आठ बजे सेनाले डिटोनेटर राखेर ब्रिफकेश पड्काएपछि झोला सर्च गर्दा सेनाले डिटोनेटर राखेर ब्रिफकेश पड्काएपछि झोला सर्च गर्दा सामाग्रिहरु फेला परेको हो ।
शंकास्पद बस्तु फेलापरेपछी बिचबजार बजार क्षेत्र सिल गरिएको थियो भने दिनभर धादिङबेशी बजारमा तनावको स्थिति सिर्जना भएको थियो ।बजार तनावग्रस्त भएपनि हजारौं मानिस डिस्पोज गरेको हेर्न घटनास्थल पुगेका थिए ।
कारमा शंकास्पद बस्तु राख्ने एक करिब ३०/३५ वर्षका जनालाई सिसिटिभि फुटेजका आधारमा प्रहरीले मलेखु नजिकै फुर्खेखोलाबाट गिरफ्तार गरेको धादिङका प्रहरी उपरिक्षक गौतम केसीले बागमती कलमलाई जानकारी दिनुभयो ।
ती व्यक्ति लाई प्रहरीले पक्राउ गरेको बताए पनि उसको परिचय खुलाएको छैन ।
नेपाली सेनाको शिवदल गणका गणपति अरुण कार्कीका अनुसार यस विषयमा थप अध्ययन भईरहेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |