धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडक खण्ड आजदेखि राति बन्द गरिदै छ ।
पुलको बिम राख्ने कार्यको लागि आजदेखी १५ दिन (साउन ९ गतेसम्म) का लागि राति बन्द गरिने नागढुंगा–मुग्लिङ सडक योजना (पुर्वी खण्ड) गजुरीले जनाएको छ ।
राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने आयोजनाको पूर्वी खण्डका सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिनुभयो ।
गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ (बिमलाई उचालेर पुलमा राख्न) लागिएको र त्यस बेला हुनसक्ने जोखिमलाई मध्यनजर गरेर सडक राति बन्द गर्न लागिएको उहाँले बताउनुभयो ।
दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको हो ।पुलको आरसिसी बिम पुलभन्दा बाहिरको जमिनमा बनाइएको र त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लरमा राख्नुपर्ने भएकाले सवारी रोकेर काम गर्न लागिएको बताउनुभयो ।
राति एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधनलाई पूर्णरुपमा रोकिनेछ।
सम्पूर्ण चालकलाई आफ्नो लेनमा अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सूचना जारी गरेको छ।
राजमार्ग भएर यात्रा गर्ने सवारी साधनलाई वैकल्पिक मार्गको रुपमा गल्छी-विदुर-छहरे-टोखा सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले जारी गरेको सूचना
नागढुंगा–मुग्लिङ सडक योजना(पुर्वी खण्ड) गजुरीले जारी गरेको सूचना
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |