काठमाडौं । धादिङ र काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएको छ ।
गृह मन्त्रालयले धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ ।
यसअघि धादिङमा राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्य प्रसाद सेढाइँ प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।उहाँहरुलाई गृहमन्त्रालयमा तानिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृह मन्त्रालयको निष्कर्ष छ ।
मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट त्यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिँदा मानवीय क्षति धेरै भएको गृहको भनाई छ ।
नागढुङ्गा–नौबिसे सडकखण्ड (त्रिभुवन राजपथ) अन्तरगत धुनिबेसी नगरपालिका-९ झ्याप्लेखोलामा पहिरो खसेर सवारी साधनसहित पुरिदा ३५ जनाको मृत्यु भइसकेको नेपाल प्रहरीले जनाएको छ।
यसैगरी काभ्रेमा पनि बाढी र पहिरोबाट ५० जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ।
तस्विर:जिल्ला प्रशासन कार्यालय धादिङ
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |