धादिङ । धादिङमा जोखिमपूर्ण यात्रु बोक्ने र बढी भाडा असुल्ने सवारी साधन कारबाहीमा परेका छन् ।
जिल्लाका बिभिन्न स्थानमा सञ्चालन हुने सवारी साधनहरुले प्रचलित नियम र विधिमा नरही जोखिमपूर्ण रूपले यात्रु बोकेको र भाडा बढी असुलेको भन्दै कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।
चाडबाड लक्षित चेकजाँचको क्रममा १४ वटा सवारी साधनलाई कारबाही गरी जरिवाना गरिएको उहाँको भनाई छ ।
यस्तै बढी भाडा लिने २ बसलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ भने १४ ओटा सवारीले नियम मिचेर यात्रु बोकेको, जोखिमपूर्ण रुपमा यात्रु राखेको, यात्रु बोक्न नपाइने साधनले यात्रु बोकेको भन्दै कारबाही गरिएको श्रेष्ठले बताउनुभयो ।
सदरमुकाम,राजमार्ग लगाएत मुख्य मार्गहरुमा ट्राफिक प्रहरीले नियमित चेकजाँच गरिरहेको भन्दै प्रहरी निरीक्षक श्रेष्ठले यात्रुले दुख पाएमा,नियम विपरीत यात्रुओसारेमा र जोखिमपूर्ण रूपमा मानिस बोकेमा यात्रुहरूले नागरिक सहायता केन्द्र वा ट्राफिक प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |