धादिङ। धादिङ जिल्लामा रहेर पत्रकारिता गरिरहनुभएका नारायण सिलवाल राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल)को उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ।
शनिबार काठमाडौमा भएको २७ औं साधारण सभा तथा १३ औं अधिवेशनबाट धादिङका सिलवाल उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो।
२०६१ सालमा आँखु सन्देशबाट पत्रकारिता सुरु गरेका सिलवालले २०६४–०६९ सम्म जनमुक्तिमार्ग साप्ताहिक, २०६५–०६६ गोरखापत्र दैनिक, २०६६–०७३ रेडियो बिहानी र २०७३ देखि धादिङपोष्टको प्रधान-सम्पादकका रुपमा कार्यरत हुनुहुन्छ।
२०७३ मा राष्ट्रिय फोटो पत्रकार समूहको सदस्यका लिएका उहाँ २०७४ सालमा फोटो पत्रकार संघ धादिङको अध्यक्ष बन्नुभएको थियो। जिल्ला अध्यक्ष हुँदा फोटो पत्रकार तालिम, जिल्ला स्तरीय फोटो प्रतियोगिताहरु, धादिङका पुराना फोटो पत्रकार, फोटो ग्राफर सम्मान सँगैं पुराना क्यामराहरु प्रदर्शनी जस्ता कार्यक्रमहरु सम्पन्न भएका थिए।
०७६ साल भदौमा राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको अध्यक्ष बन्नुभएका सिलवाल ०७८ पुसमा पुन बागमतीको अध्यक्ष बन्नुभएको थियो।
०८० मंसिरमा भएको तेस्रो अधिबेशनबाट पनि उहाँ निर्विरोध अध्यक्षमा निर्वाचित हुनुभएको थियो।
राष्ट्रिय स्तरको क्रियाशिल फोटो पत्रकारिता पुरस्कार समेत पाईसक्नु भएका उहाँले प्रदेशको कार्यकाल नसकिँदै केन्द्रिय अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।
अधिवेशनले प्रदीपराज वन्तको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसहमत निर्वाचित गरेको छ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा एल.वि. (सागर) श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, उपाध्यक्षमा नारायण बहादुर सिलवाल, सुनिल शर्मा, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ्ग राई, कोषाध्यक्षमा प्रदिप कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ।
यस्तै सदस्यहरुमा मुकुन्द बहादुर कालिकोटे, हरिश सिंह नागल, रमिता जु, दिपेन्द्र मर्हजन, अनुप प्रधान, सागर बस्नेत, शंकर भुजेल,अम्बिर तोलाङ्ग निर्वाचित हुनुभएको छ।कार्यसमितिको कार्यअवधि ३ बर्षको हुनेछ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |