धादिङ । नीलकण्ठ नगरपालिका–८ अमेरुवामा सौराज ट्रक र स्कुटर ठोक्किँदा ३ जना घाईते भएका छन् ।
सोमबार दिउँसो सदरमुकाम धादिङबेशीबाट खाद्यान्न सामाग्री लिएर सल्यान्टार तर्फ जाँदै गरेको बा ४ ख २७५९ नम्बरको सौराज ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा प्र ०६–००१–६८४६ नम्बरको स्कुटर ठोक्किँदा ३ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।
घाईते हुनेहरुमा स्कुटरमा सवार नीलकण्ठ नगरपालिका–३ का ३७ बर्षिय हरि खनाल, नीलकण्ठ नगरपालिका–९ की २२ बर्षिया गायत्री लम्साल र ट्रकमा सवार चितवनको माडी नगरपालिका–९ का २० बर्षिय कृष्ण प्रजा रहेको प्रहरीले जनाएको छ।
घाईते मध्ये गायत्री लम्सालको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।
गायत्री लम्साल र हरि खनाललाई धादिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि एक जना डाक्टरसहित काठमाडौ पठाइएको प्रहरी निरीक्षक सिलवालले बताउनुभयो।
प्रजाको भने धादिङ अस्पतालमा उपचार भईरहेको छ।
प्रहरी निरीक्षक सिलवालले भन्नुभयो, ‘स्कुटर बचाउन खोज्दा ट्रक पल्टिएको हुन सक्ने र ट्रक र स्कुटर ठोक्किएको देखिन्छ, ट्रकका चालक चन्द्रमान शाक्यलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।’
सडकमा पल्टिएको ट्रक हटाएपछि अहिले धादिङबेशी सल्यान्टार सडकखण्ड नियमित सञ्चालनमा रहेको प्रहरी निरीक्षक सिलवालले बताउनुभयो।
हेर्नुहोस् दुर्घटनास्थलको भिडियो……………..
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |