धादिङ । निलकण्ठ नगरपालिका वडा नं १२ स्थित साङ्कोष रिजाल डाँडामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सचेतना मुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यको लागि ऎक्यबद्द्ता भन्ने नाराको साथमा सुरु भएको अभियान अन्तरगत बिहिबार अभिमुखिकरण कार्यक्रम गरिएको हो।
कार्यक्रममा सहारा महिला साकोसका अध्यक्ष पार्वती राई खाँणले सहारा महिला साकोसको गतिविधि , महिलाको आर्थिक सशक्तीकरणमा सहकारीको भुमिका लगाएतका बिषयमा बोल्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा लैंगिक हिंसा , लैंगिक हिंसाको कारण ,प्रकार र असरहरुका बारेमा महिला मानवअधिकार रक्षक गायत्री खतिवडा ,आत्महत्याको लक्षण र रोकथामको उपायबारेमा महिला मानवअधिकार रक्षकहरुको जिल्ला सन्जाल धादिङको अध्यक्ष खिल कुमारी तिवारीले सहजीकरण गर्नुभएको थियो ।
६० जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको कार्यक्रममा उपस्थित दिदिबहिनीले आ-आफ्नो अनुभव सुनाएका थिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |