धादिङ । नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले सदरमुकाम धादिङबेशीमा रहेको पशुपति मन्दिर व्यवस्थापन गर्न तथा मरणघाट निर्माण गर्न ४५ लाख छुट्याइएको बताउनु भएको छ।
शनिबार बालाचतुर्दशी (शतबीज छर्ने) मेला तथा बृहत धार्मिक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख ढुंगानाले नीलकण्ठको मुटुमा रहेको पशुपति मन्दिरलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न कार्यपालिकाले नै निर्णय गरेको बताउनुभयो ।
नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहनु भएका ढुंगानाले यस आर्थिक बर्षमा मात्र मरणघाट निर्माण गर्न र मन्दिर व्यवस्थापन गर्नको लागि मात्र ४५ लाख रुपैँया बिनियोजन गरिएको बताउनुभयो ।
उहाँले शतबिज छर्ने स्थानमा समेत ढलान गर्ने बताउनुभयो ।
यसै चालु आर्थिक बर्षमा ठेक्का लाग्ने गरी काम हुने उहाँको भनाई छ । ढुंगानाले आफु मेयर भईसकेपछि ३३ लाख रुपैँया बिनियोजन गरेर २ वटा भवन र शिव लिङ्ग स्थापना गरिसकेको बताउनुभयो ।
मेयर पदमा निर्वाचन भईसकेपछि यसै मन्दिरबाट बिजयी ¥याली सुरुवात गरेको भन्दै उहाँले नगर भित्र रहेको धार्मिक स्थलहरुको पुनःनिमार्ण तथा आर्थिक सहयोग गर्ने पनि बताउनुभयो ।
नीलकण्ठ नगरपालिका भित्र रहेको भैरवी माई मन्दिरसँगै पशुपति मन्दिरलाई पनि प्रचार प्रसार गरी धार्मिक पर्यटन प्रवद्र्धनको लागि काम गर्ने बताउनुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका पुर्व सभापति रमेश धमला, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,प्रहरी प्रमुख दिपेन्द्र शाही, नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी,नीलकण्ठ नगर पालिकाका सल्लाहकार दिपक कोईराला लगायतको विशेष आतिथ्यता रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |