धादिङ । नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुलाई जलवायु उत्थानशिल कार्य सुदृढीकरण सम्बन्धी चेतनामूलक आभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
गैसस महासंघ नेपाल जिल्ला शाखा धादिङले गण्डकी जलाधार जलवायु उत्थानशिल आयोजना अन्तरगत नगरपालिका, रुख रोपौ वन जोगाऔ, एनटिएनसी, आइ यु सिएन, ग्रिन क्लाइमेट फण्ड र एनजिओ फेडेरेशन अफ नेपालको सहकार्यमा आईतबार धादिङबेशीमा जनप्रतिनिधिहरुका लागि आभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा गैसस महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीले विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, विपद् जोखिमहरुलाई स्वीकार्य स्तरमा घटाउन संभाव्य पहल, प्रतिकूल प्रभावको अल्पीकरण, पूर्वतयारी तथा प्रभावकारी प्रतिकार्य र पुनर्लाभका कार्य लगाएतका विषयमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले नेपाल बाढी, पहिरो, भूकम्प, आगलागी, महामारी एवं जलवायु परिवर्तन जस्ता विविध प्रकृतिका प्रकोपका घटनाहरुबाट सङ्कटासन्न अबस्थामा रहेको बताउनुभयो ।
यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले प्राकृतिक श्रोतमा अतिक्रमण, अव्यवस्थित विकास निर्माण र बस्ती विकास, जलवायु परिवर्तन, बढ्दै गएको जनसंख्या, भू उपयोग योजनाको निर्माण नहुनु, विपद् जोखिम र जलवायु उत्थानशीलताका विषयलाई विकास निर्माणका प्रक्रियामा प्राथमिकतामा राख्न नसक्नु क्षतिको पहिलो कारण भएको बताउनुभयो।
नगर उपप्रमुख विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, नगरपालिकाका कार्यपालिका सदस्यहरु, विभिन्न वडाका वडा अध्यक्ष, सदस्यहरु, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल लगाएतका सहभागी थिए । कार्यक्रम गैसस महासंघ धादिङकी पूर्वउपाध्यक्ष उषा विकले सञ्चालन गर्नुभएको थियो ।
गण्डकी जलाधार जलवायु उत्थानशिल आयोजना अन्तरगत जिल्लाको १३ वटै पालिकामा निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागी चेतनामूलक आभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने गैसस महासंघ धादिङकी पूर्वउपाध्यक्ष विकले बताउनुभयो ।
उहाँका अनुसार हालसम्म नीलकण्ठ नगरपालिका सहित ५ वटा पालिका बेनिघाट रोराङ, गजुरी, रुवीभ्याली र खनियाबास गाउँपालिकामा कार्यक्रम सञ्चालन भईसकको छ ।
भोलि सोमबार ज्वालामुखी गाउँपालिकामा सञ्चालन गरिने उहाँले बताउनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |