धादिङ । ज्वालामुखी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई जलवायु उत्थानशिल कार्य सुदृढीकरण सम्बन्धी चेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
गैसस महासंघ नेपाल जिल्ला शाखा धादिङले गण्डकी जलाधार जलवायु उत्थानशिल आयोजना अन्तरगत गाउँपालिका, रुख रोपौ वन जोगाऔ, एनटिएनसी, आइ यु सिएन, ग्रिन क्लाइमेट फण्ड र एनजिओ फेडेरेशन अफ नेपालको सहकार्यमा सोमबार ज्वालामुखीको वडा नं ३ स्थित साँधभञ्ज्याङमा जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
जलवायु जन्य विपद्, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशिलता, जलवायु कोडिङ लगायतका बिषयहरुमा स्थानीय सरकार र नागरिक समाजका प्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्ने तथा जलवायु अनुकुलनका विधि तथा तौर तरिकाका बारे जनप्रतिनिधिहरुलाई जानकारी गराउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको गैसस महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीले बताउनुभयो ।
कार्यक्रममा दुवाडीले विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, विपद् जोखिमहरुलाई स्वीकार्य स्तरमा घटाउन संभाव्य पहल, प्रतिकूल प्रभावको अल्पीकरण, पूर्वतयारी तथा प्रभावकारी प्रतिकार्य र पुनर्लाभका कार्य लगाएतका विषयमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष यमनाथ दनैले प्राकृतिक श्रोतमा अतिक्रमण, अव्यवस्थित विकास निर्माण र बस्ती विकास, जलवायु परिवर्तन, बढ्दै गएको जनसंख्या, भू उपयोग योजनाको निर्माण नहुनु, विपद् जोखिम र जलवायु उत्थानशीलताका विषयलाई विकास निर्माणका प्रक्रियामा प्राथमिकतामा राख्न नसक्नु क्षतिको पहिलो कारण भएको बताउनुभयो।
अध्यक्ष दनैको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धर्म बहादुर अर्याल,प्रमुख प्रशासकिय अधिकृत नन्दु बहादुर खड्का, कार्यपालिका सदस्यहरु, विभिन्न वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु लगाएतका सहभागी थिए।
कार्यक्रम गैसस महासंघ धादिङकी पूर्वउपाध्यक्ष उषा विकले सञ्चालन गर्नुभएको थियो ।
गण्डकी जलाधार जलवायु उत्थानशिल आयोजना अन्तरगत जिल्लाको १३ वटै पालिकामा निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागी चेतनामूलक आभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने गैसस महासंघ धादिङकी पूर्वउपाध्यक्ष विकले बताउनुभयो ।
उहाँका अनुसार हालसम्म ज्वालामुखीसहित ६ वटा पालिका नीलकण्ठ नगरपालिका,बेनिघाट रोराङ, गजुरी, रुवीभ्याली र खनियाबास गाउँपालिकामा कार्यक्रम सञ्चालन भईसकको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |