धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ४ स्थित मैदानमा रहेको पञ्चमुखि मन्दिरमा धान्यपूर्णिमा विशेष मेला लाग्दै छ ।
हरेक वर्ष धान्यपूर्णिमाको दिन पञ्चमुखि मन्दिरमा मेला लाग्ने गरेको छ ।
यस बर्ष भने कालाभैरव आमा समूह सिद्धलेक-४, मैदान धादिङको आयोजनामा यही मंसिर २९ गते प्रथम धान्यपूर्णिमा मेला–२०८१ हुने भएको हो ।
मेलालाई थप उल्लासमय बनाउनको लागि विभिन्न ख्याति प्राप्त लोक दोहोरी कलाकारहरू आउने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार मेलामा लोक दोहोरी गायिका सुमन थापा मगर, लोक दोहोरी गायिका जयन्ता मगर, लोक दोहोरी गायक सागर बिसी, गायक पदम आले, सम्बेदन थापा, विवश दर्लामी, हास्य कलाकार प्रेम विश्वकर्मा, कलाकार शिव अनुरागसँगै गोधुली सांस्कृतिक परिवारको प्रस्तुती रहने छ ।
मेलामा सहभागी भई सभ्य र भव्य रूपमा सफल पार्नको लागि आयोजकले अनुरोध गरेको छ ।
धान्यपूर्णिमा पर्वमा धान्यपर्वत दान गरी मनाईन्छ।अन्नबालीहरुमा लोकप्रिय मानिने धान घरघरमा भित्र्याएपछि हर्षखुशीपूर्वक धान्यपूर्णिमा पर्व मनाउने गरिन्छ ।
यस अवसरमा अन्नपूर्णा, पाथिभरा, सिमेभूमेलगायतका देवपितृको पूजा गरी कन्याहरुलाई धान दान गर्ने चलन छ ।पूर्वी नेपालको किराँतक्षेत्रमा धान्यपूर्णिमाका दिन धाननाच गर्दै उधौली पर्व मनाइँन्छ ।
नेवार समुदायले भने धान्यपूर्णिमाका दिन योमरी पुन्ही पर्व मनाउने चलन छ।
नयाँ धानको पिठोमा चाकु, खुवा तथा अन्य पोषिलो पदार्थ राखि योमरी पकाई धानको भकारीमा राखी देउतालाई चढाउने र प्रसादका रुपमा आफन्तलाई दिने प्रचलन छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |