काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्र रूखमा झिलिमिली र लहरे बत्ती राख्न नपाइने भएको छ ।
महानगरपालिकाको कार्यपालिका बैठकले झिलिमिली लहरे बत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड २०८१ पास गरेसँगै रुखमा झिलिमिली बत्ति बाल्न नपाइने भएको हो ।
महानगरको कानून विभागका प्रमुख वसन्त आचार्यका अनुसार अबदेखि कुनै पनि व्यक्ति वा संस्थाले सार्वजनिक र निजी जुनसुकै ठाउँका रूखमा पनि झिलिमिली र लहरे बत्ती प्रयोग गर्न पाउने छैनन्।
रुखमा लहरे र झिलिमिली बत्ति राख्दा चराचुरुङी डरले भाग्ने, जीवनचक्र नै विथोलिने, किरा फट्याङ्ग्रा भाग्ने, गाडी दुर्घटना बढ्ने र मानव स्वास्थ्यकै लागि हानिकारक हुने भन्दै अभियन्ताहरुले रुखमा झिलिमिली वत्ति बाल्न नहुने बताउँदै आएका थिए ।
पछिल्लो समय घर, होटल तथा रेष्टुरेन्ट परिसरका रूखमा झिलिमिली बत्ति राख्ने चलन बढ्दै गएको थियो । विभिन्न निकायले सडक छेउँका रुखमा पनि झिलिमिली बत्ति बालिरहेका छन् ।
मापदण्डको दफा २ मा महानगरभित्रको सार्वजनिक ठाउँ तथा निजी स्वामित्वमा रहेका रूख विरूवामा कुनै पनि लहरे बत्ती प्रयोग गर्न नपाइने उल्लेख छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |