धादिङ। पृथ्वीराजमार्ग अन्तरगत धादिङको गल्छी गाउँपालिका–७ गल्छीमोडमा हाइस दुर्घटना हुँदा १६ जना घाईते भएका छन्।
शुक्रबार दिउँसो काठमाडौंबाट चितवन नारायणगठ जाँदै गरेको बा २ ख २८२९ नम्बरको हाइस ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिनुभयो ।
घाइते हुनेहरूमा तनहुँको रिसिङ गाउँपालिका–४ का २६ वर्षीय नन्दबहादुर मगर, चितवनको भरतपुर महानगरपालिका–४ का ५६ वर्षीय भिमा भट्टराई, चितवनको माडि बस्ने ४५ वर्षीय सिता सेञ्चुरी, नवलपुरको देवचुली नगरपालिका–१७ का २० वर्षीय मौसम पौडेल, लमजुङको दुधपोखरी गाउँपालिका–६ का ३५ वर्षीय बिन्दु गुरुङ, भक्तपुरको सुर्यविनायक नगरपालिका–१ ३२ वर्षीय श्रीकृष्ण श्रेष्ठ, महोतरीको जलेश्वर नगरपालिका–११ का २६ वर्षीय राम जानकारी पाण्डे, चितवनको रत्ननगर नगरपालिका–१२ का ३१ वर्षीय सुवास घिमिरे, मकवानपुरको थाहा नगरपालिका–५ का २२ वर्षीय सञ्जय तामाङ रहेका छन् ।
यस्तै पूर्व नवलपरासीको देवचुली नगरपालिका–१७ का ४२ वर्षीय उषादेवी पौडेल, चितवनको भरतपुर महानगरपालिका–६ का ५० वर्षीय राम कुमार रिजाल, तनहुँको बन्दिपुर गाउँपालिका–४ का ५२ वर्षीय मधुमाया मगर, गोरखाको देउराली बस्ने २९ वर्षीय सञ्जय बाठा मगर, काठमाडौंको चन्द्रागिरी नगरपालिका–२४ का ४८ वर्षीय गोपाल रावत, चितवनको राप्ती बस्ने ३५ वर्षीय चन्द्र माया लामा र पूर्व नवलपरासीको गैंडाकोट बस्ने २७ वर्षीय सुरेन्द्र थापा रहेका छन् ।
घाइतेहरूको गल्छीस्थित अम्बे भरोसा अस्पतालमा उपचार भइरहेको छ । तस्विर:पुरुषोक्तम ढुंगाना/पत्रकार
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |