काठमाण्डौ । पुस महिनामा सवारी दुर्घटनाबाट १९७ जनाको मृत्यु भएको छ ।
तीन हजार ३७४ वटा गाडी दुर्घटना हुँदा १५४ जना पुरुष, ३३ जना महिला, ५ जना बालक र ५ जना बालिका गरी १९७ जनाको मृत्यु भएको नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
दुर्घटनामा परि ६ सय ४६ जना गम्भीर घाइते भएका छन् ।२ हजार ७ सय ७१ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।
प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा धेरै दुई हजार ७६ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।
यस्तै जीप, कार र माइक्रोबस चार सय ४६ वटा, बस एक सय २१ वटा, टेम्पो एक सय ७८ वटा दुर्घटनामा परेका छन् ।
एक सय ७३ वटा ट्रक, ट्याङ्कर, टिपर मालवाहक गाडी दुर्घटनामा परेका प्रहरीको तथ्याङ्क छ ।
सबैभन्दा धेरै दुर्घटना रातको समय अर्थात् बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म भएका छन् ।
गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, जाँड–रक्सी खाएर चलाउनु, यात्रुले बाटो पार गर्दा लगायत ट्राफिक नियमको उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |