Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
धर्म तथा संस्कृति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

२१ मिनेट अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१२ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१२ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१३ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१३ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१३ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१४ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

फेरिएको तिहार : अघिल्लो पुस्तालाई छक्क पार्दै

  • Default Profile
  • बागमती कलम
  • ५९७ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक ८, मंगलबार (३ साल अघि)
फेरिएको तिहार : अघिल्लो पुस्तालाई छक्क पार्दै

भैलिनी आइन् आँगन….
…….
‘हरियो गोबरले लिपेको ……’ ।

तिहार लागेदेखि सञ्चार माध्यममा यो गीत बजिरहेको छ । प्रत्येक फोनकलमा यही गीतको धुन सुनिन्छ । तर अब कहाँ पाउनु हरियो गोबर ? कङ्क्रिटको घर कङ्क्रिटकै आँगनमा पूजा सामग्री पसलबाट ल्याइएको एकमुठी रातो माटोमा गेरु मिसाएर लक्ष्मीका पाइला बनाउन थालिएको सहरमा धेरै भयो । “भर्खर संसार चिन्दै गरेका केटाकेटीलाई हरियो गोबरबारे बुझाउन कक्षा नै चलाउनुपर्ने देखिन्छ”, अहिले चन्द्रागिरि नगरपालिका–१५ हुन पुगेको तीनथाना गाउँविकास समितिका तत्कालीन अध्यक्ष गोपीचन्द्र कार्की बताउनुहुन्छ ।

केही वर्ष अघिसम्म स्वदेशी मौलिकपन बचाएको ठानिने काँठमा समेत हरियो गोबरले लिप्नुको साटो आयातित रङ प्रयोग गरेर विभिन्न आकृति (रङ्गोली) बनाउने गरिएको छ । खासगरी युट्युबमा हेरेर त्यस्तै सिको गर्ने चलन अहिले सबैतिर छ । हरियो गोबर मात्र होइन ‘हरियो गोबरले लिपेको ……’ भन्दै भैलो खेल्न आउने पनि हराए ।

बाटो छेउमा रहेको कार्कीको घरमा रातभर देउसीभैलो खेल्ने समूह पुग्थे । गत वर्ष दुई वटा समूह मात्र छिरेपछि परिवारमा कुरा भयो ‘अब देउसीभैलो लोप हुने भयो’ । यसपालि त अझ राति झण्डै ११ वर्षसम्म बस्दा पनि कोही आएनन् ।

आफ्नो बाल्यकाल र किशोर अवस्था सम्झँदै कार्की भन्नुहुन्छ, “दसैँ सकिनासाथ टोल छिमेकमा जम्मा हुने र देउसीभैलोका लागि कसले लालटिन किन्ने ? कसले मट्टितेल किन्ने आदि जिम्मेवारी बाँडफाँट हुन्थ्यो । रातभरि देउसी खेलिन्थ्यो । एउटा घरबाट एकमाना जति धान, त्यतिनै चामल, सेलरोटी र १०÷१५ पैसाको दक्षिणा मिल्थ्यो । त्यसैलाई भाग लगाएर टीकाका दिन दिदीबहिनीलाई दक्षिणा दिथ्यौँ र जम्मा भएको धान चामल उपयोग गर्न एक दिन वनभोज जाने चलन थियो । अब ती सबै सम्झनामा मात्र भए ।”

यस्तै अनुभूति छ, अहिले दक्षिणकाली नगरपालिकामा पर्ने तत्कालीन शेषनारायण गाविसका अध्यक्ष शशी शर्मा पौडेलको पनि । विसं २०५१ मा उहाँ गाविस अध्यक्ष रहँदा रातभर देउसीभैलो हुने र त्यसमा केही विकृति पनि देखिन थालेको थियो । दक्षिणाको लागि मोलमोलाई गर्ने भने जति नदिए जे पायो त्यही बोलेर हिँड्ने प्रवृत्ति देखा परेको थियो । त्यसपछि गाउँका केही पाका मानिस जम्मा गरेर राति ११ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने र दक्षिणासमेत २५ रुपैयाँभन्दा बढी माग्ने निर्णय भएको उहाँले बताउनुभयो ।

त्यसलाई कार्यान्वयन गर्न गाविसले प्रहरी परिचालन मात्र गरेन, गाविस पदाधिकारी सबैलाई अनुगमनमा खटायो । पछि त्यसलाई गाउँमै एक सामुदायिक भेला गरेर ५१ रुपैयाँसम्म पु¥याउने निर्णय भएको पनि उहाँ बताउनुहुन्छ । तर देउसीभैलो विस्तारै सेलाउँदै गएको अनुभव उहाँको छ । समयअनुसार बाजागाजा, साउण्ड सिस्टम आदि थपिँदै जानु स्वाभाविक भए पनि लोप नै हुने अवस्था आउन भने दिन नहुने उहाँ बताउनुहुन्छ ।

सबैभन्दा धेरै त रङ्गीन बत्तीले तिहारको फरकपन अनुभूत गराउँछ । “उज्यालो र बत्तीको पर्वका रूपमा मानिने तिहारमा यति धरै बत्ती कहाँ बल्थे र ?” आफ्नै बालककाल सम्झँदै ७१ वर्षीय शर्मा भन्नुहुन्छ । उहाँका अनुसार त्यतिबेला आजका विद्युत्तीय बत्तीको कल्पना नगरिएको मात्र होइन काँठमा मैनबत्ती पनि थिएन । केराको सुत्लालाई काटेर त्यसमाथि एकछिन बालेको बत्ती नै त्यतिबेलाको तिहारको उज्यालो थियो । त्यतिबेला तरकारीमा भुटन हाल्नसमेत तेल नपुग्ने बेला पालामा दियो तेल हालेर धेरैबेर बत्ती बाल्नसमेत अधिकांश मान्छेले सक्ने थिएनन् । सहर पुग्दा शून्य वाटको चिमको एक लहर केही व्यापारीको घरमा देखिन्थ्यो ।

“त्यो नै हाम्रा लागि अचम्मको कुरा हुन्थ्यो”, उहाँको भनाइ छ । तीनथानामा केही मानिसले घर ढलान गर्दा माथिल्लो टपमा तिहारका लागि होल्डर फिट गर्न थालेका थिए । अहिले त्यो पनि पुरानो चलन हुन थालेको कार्की बताउनुहुन्छ ।

भाइलाई दिइने मसला र फलफूलमा पनि निकै मात्रामा परिवर्तन भएको महसुस वयोवृद्धहरू गर्दैछन् । अहिलेभन्दा निकै परिमाणमा मसला र गाउँघरकै सुन्तला, अम्बा र हलुवावेद फलफूलका रूपमा प्रयोग हुन्थ्यो । “सिङ्गो फर्पिङ बजारमा एउटै फलफूल पसल थिएन”, शर्मा भन्नुहुन्छ। उहाँका अनुसार तिहारको विशेष मसला भनेकै कटुस हुन्थ्यो ।-(रासस)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
धर्म तथा संस्कृति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    २१ मिनेट अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १२ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १२ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १३ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १३ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १३ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १४ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution