चीनले पाँच वर्षको अवधिमा नेपाललाई करिव ५० अर्ब रुपैयाँ सहायता प्रदान गरेको छ । चीनले उक्त सहायता आर्थिक वर्ष सन् २०१६/१७ देखि २०२०/२१ सम्मको पाँच वर्षको अवधिमा नेपाललाई उपलब्ध गरेको हो ।
अनुदान, व्याज बिनाको ऋण र सहुलियतपूर्ण ऋण शिर्षकमा चीनले उक्त सहायता प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट पार्टनर प्रोफाइल बुक’ मा उल्लेख भए अनुसार चीनले सो अवधिमा नेपाललाई कुल ३८ करोड ४ लाख ५० हजार अमेरिकी डलरको सहायता (करिव ४९ अर्ब ८२ करोड ९ लाख ५४ हजार रुपैयाँ) उपलब्ध गरेको छ ।
पाँच आर्थिक वर्षमध्ये सबैभन्दा ठूलो सहायता सन् २०१८/१९ मा नेपालले प्राप्त गरेको थियो । सो वर्ष नेपालले १५ करोड ३ लाख ७० हजार अमेरिकी डलर सहायता चीनबाट प्राप्त गरेको थियो ।
अर्थ मन्त्रालयका अनुसार चीनले मुख्यगरी नेपालको उर्जा विकास, आर्थिक तथा प्राविधिक सहयोग, हवाई यातायात, पुनर्निर्माण र कोभिड–१९ नियन्त्रणमा आपत्कालीन सहायत गरी पाँच क्षेत्रमा ठूलो लगानी गरेको छ ।
चीनले आर्थिक वर्ष सन् २०१६/१७ मा ४ करोड १२ लाख ४४ हजार २५४ अमेरिकी डलर, २०१७/१८ मा ५ करोड ८७ लाख २७ हजार ७८ अमेरिकी डलर, २०१८/१९ मा १५ करोड ३ लाख ७० हजार ५४० अमेरिकी डलर, २०१९/२० मा ९ करोड ३० लाख २६ हजार ७८७ अमेरिकी डलर र २०२०/२१ मा ३ करोड ७० लाख ८१ हजार ६५० अमेरिकी डलर उपलब्ध गरेको थियो ।
नेपाल र चीनबीच सन् १९५६ को अक्टोबरमा पहिलोपटक आर्थिक सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि चीनले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग कार्यक्रमअन्तर्गत सहायता उपलब्ध गराउँदै आएको छ ।
नेपाल र चीनबीच सन् १९५५ अगष्ट १ का दिन कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । चीनले सन् १९६० जुलाईमा काठमाडौंमा आवासिय दूतावास खोलेको थियो । नेपालले सन् १९६१ सेप्टेम्बरमा बेइजिङमा आवासिय दूतावास खोलेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |