Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २३, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नीलकण्ठद्वारा एसईई र BLE मा ४ जिपिए ल्याउने विद्यार्थीसँगै शतप्रतिशत नतिजा ल्याउने विद्यालय र शिक्षकलाई नगदसहित सम्मान

८ घण्टा अघि
२

कामनपा वडा अध्यक्ष कप बुद्धिचालको उपाधि क्षितिज भण्डारीलाई

९ घण्टा अघि
३

नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट जिल्ला शाखा 

१0 घण्टा अघि
४

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ दिन अघि
५

खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने

१ दिन अघि
६

प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता

१ दिन अघि
७

धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

२ दिन अघि
९

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

३ दिन अघि
१०

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

३ दिन अघि
११

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

३ दिन अघि
१२

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

३ दिन अघि

धेरै पढिएका

१

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ दिन अघि
२

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
३

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
४

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
५

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

५ दिन अघि
६

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

२ दिन अघि
८

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

२ हफ्ता अघि
९

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

४ दिन अघि
१०

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
११

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

२ हफ्ता अघि

यसपालि आशीर्वाद फेर्ने कि ?

  • Default Profile
  • बागमती कलम
  • ३१३० पटक पढिएको
  • प्रकाशित मिति: २०८० आश्विन ३०, मंगलबार (२ साल अघि)
यसपालि आशीर्वाद फेर्ने कि ?

हरि शरण जम्कटेल
धादिङ।
‘पढेर फस्ट हुनु,डाक्टर बन्नु –इन्जिनियर बन्नु, ठूलो मान्छे बन्नु, कहिल्यै दुःख नहोस्।, दीर्घायु होस, हिँड्दा ठेस नलागोस्, नुहाउँदा केस नझरोस्, कुनै रोग व्याधि नलागोस् … !’

हामिले अग्रजहरु बाट यस्ता आशीर्वाद सँधै नै पाएका छौ। अग्रजलाई नमस्कार गर्ने, ढोग्ने, आदर गर्ने, सम्मान गर्ने र उहाहरु बाट शुभ आशीर्वाद ग्रहण गर्ने हाम्रो परम्परा हो । यो थिति प्रति मेरो पूर्ण सम्मान छ।

‘पढेर फस्ट हुनु !’ शायद यो हामी सबैको समाजमा सर्वाधिक प्रयोग हुने आशीर्वाद हो । यसमा , “पढ्नेहरू सबै प्रथम हुनुपर्दछ“ भन्ने अतिवादी सोच लुकेको प्रष्ट पाइन्छ ।कोही पनि मानिस पढ्ने भनेकै प्रथम हुनका लागि हो भन्ने भाव यसमा लुकेको देखिन्छ ।

पढाईमा प्रथम हुनु मात्रै शिक्षा हो त ? दोश्रो हुनु, तेश्रो हुनु या सामान्य अंकका साथ पास हुनु भनेको आशीर्वादको मापदण्ड भित्र नपर्नु हो त ? अझ भनिन्छ फलानो प्रथम भयो, त्यो बाट सिकेस्, तैँले उ झै मिहिनेत गर्न सक्दैनस् ? भनेर तुलना गरिन्छ ।

यस्ता आशीर्वादले प्रथम हुनेहरु बाहेक अरूमा तनाव सिर्जना गरिदिन्छ । म कमजोर छु, असक्षम छु भन्ने मानसिकताको विकास गरिदिन्छ । यसैले हामीले यो भाष्यलाई फेर्नुपर्छ कि ?

“डाक्टर बनेस् , इन्जिनियर बनेस् ” भन्ने आशीर्वाद अर्को प्रसिद्ध आशीर्वाद हो। यसले फेरि छुट्टै मापदण्ड निर्माण गरेको छ ‘राम्रो गतिलो मान्छे हुनु भनेकै डाक्टर हुनु हो इन्जिनियर हुनु हो!’

हरेक वर्ष केहि सय थान विद्यार्थीहरू डाक्टर, केही सय थान विद्यार्थीहरू इन्जिनियर बनेर निस्कन्छन् । तर लाखौं लाख विद्यार्थी, अग्रजहरूले आशीर्वाद दिए झै डाक्टर बन्न सक्दैनन्, इन्जिनियर बन्न सक्दैनन् वा भनौँ बन्नै चाहन्नन्।

उनीहरूका लागि त यो आशीर्वाद एउटा ठुलो भारी अर्थात बोझ शिवाय केही होइन । कलिलो उमेर देखि नै बालबालिकाहरूलाई हामीले किन यस्तो ठुलो बोझ बोकाइरहेका छौ?

अर्को आशीर्वाद, ‘ठूलो मान्छे बनेस्’ ले छुट्टै मापदण्डमा खडा गरेको छ। पढेर प्रथम हुने; डाक्टर हुने अथवा इन्जिनियर हुने भनेकै ठूलो मान्छे बन्नका लागि हो । मान्छे भनेको ठूलै मान्छे हुनु पर्दछ; सामान्य मान्छे हुनुको कुनै तुक छैन ।

शिक्षक, अन्य पेशा, किसान, भरिया, विपन्न, कमजोर र पछाडि परेका मानिस सामान्यतया ‘ठूला मान्छे’ को लिस्टमा अट्दैनन् । हामी कहाँ ‘ठूला मान्छे’ भन्नासाथ आर्थिक रूपले सर्व सम्पन्न, जातीय हिसाबले उच्च कुलको, सत्ता र शक्तिको वरिपरि रहेको, धेरै शिक्षा आर्जन गरेको, अरूलाई नियन्त्रण –परिचालन गर्न सक्ने क्षमता भएको मानिस भन्ने बुझ्छौ।

यि खालका मानिस आफूले आफूलाई अरु भन्दा माथि / ठुलो ठान्दछन् । हरेक खालको स्रोत र साधन उनीहरूकै नियन्त्रणमा हुने गर्दछ। आफ्नो निजी फाइदाको लागि श्रोत र साधनको उपयोग वा दुरुपयोग गर्न पनि पछि पर्दैनन् ।

यसरी हेर्दा ‘ठूला मान्छे’ असल मान्छेभन्दा आधारभूत रूपमा भिन्न देखिन्छन् । ‘ठूला मान्छे’ मा असल मान्छेमा जस्तो नैतिकता, आदर्श, इमानदारी, सदाचार, विवेक आदि नभए पनि खासै फरक पर्दैन ।

हामिले दिने आशीर्वादले असल मान्छे भन्दा पनि सामन्ती सोचयुक्त ‘ठूला मान्छे’ निर्माणमा योगदान पुगेको पो छ कि ? यसकै फलस्वरुप ठूला भनिएका मानिस शोषक र शासक बन्ने अनि आम मानिस शोषित र शासित बन्नुपर्ने अवस्थाले निरन्तरता पाइरहेको पो हो कि देशमा ?

अहिले भनिएको विभेदीकरण, असमानता र शोषणमा कतै हाम्रा यस्तै परम्पराको योगदान त छैन ? यस प्रकारका ठूला मान्छे बन्ने – बनाउने स्वार्थले गर्दा समाजमा अनाचार र धनी – गरीब बीचको खाडल बढाएको त हैन ?

‘कहिल्यै दुःख नपरोस्’ भन्ने आशिष अर्को काल्पनिक संसार हो । सुख र दुःख मानिसका फगत कल्पना हुन् ।यस्तो आशिष किन दिनु जुन कुनै पनि हालतमा सम्भव छैन । किनकि हामीलाई थाहा छ, सुख र दुःख जीवनका अभिन्न अंग हुन् । यसको सट्टा मानिसलाई दुःखको सामना गर्ने, दुःखबाट सिक्ने र दुःखलाई सुखमा बदल्ने शक्ति प्राप्त होस् भनेर आशिष दिइनु बढी बुद्धिमानी हुन्छ कि ?

आशीर्वादको नाममा लुकेका अशान्ति र दुःखका कारक पक्षहरूलाई समयमै चिनेर त्यसमा समय अनुसार परिवर्तन गर्ने हो भने मात्र हामीले नयाँ शान्ति संस्कृतिको विकास गर्न सक्छौँ ।

निधारभरि अक्षता टाँसेर अक्षताकै सङ्ख्यामा आशीर्वाद र आशिषको खोलो बगाउने चाड दशैँ नजिकै आउँदैछ ।टीका र जमराको तयारी गर्दै गर्दा दशैँका आशिषलाई समयसापेक्ष, समाजोपयोगी र यथार्थपरक तुल्याउने बारे पनि केही सोच्न थाल्नु सान्दर्भिक नै हुनेछ ।

यसपालिको दशैँमा विशेषतः बालबालिकालाई यस्तो आशिष दिँदा कसो होला :
धेरै पढेर असल र ज्ञानी मान्छे बन्नु, सरस्वती सधैँ दाइना रहून् ; लक्ष्मीले साथ दिउन् ; दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु; सबैको कामलाई सम्मान गर्नु; सबैलाई समान व्यवहार गर्नु; दुःखीको सेवा र गरीब लाई सहयोग गर्नु; आफूभन्दा सानालाई स्नेह गर्नु र ठूलालाई आदर – सत्कार; जति बाँच्छौं हाँसेर – हँसाएर बाँच्नु । दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् !!! 
शुभकामना !!!

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७८%१८%२%१%२%
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Oli Lekhak pakrau sambandhi Artical.jpg

    ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

  • suresh-aryal-dhd

    `प्रेमको पाण्डुलिपि´

  • kesab rupakheti

    वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • 2

    कम्पनीको साधारण सभा यस कारण आवश्यक

  • समाचार
  • १

    नीलकण्ठद्वारा एसईई र BLE मा ४ जिपिए ल्याउने विद्यार्थीसँगै शतप्रतिशत नतिजा ल्याउने विद्यालय र शिक्षकलाई नगदसहित सम्मान
    ८ घण्टा अघि

  • २

    कामनपा वडा अध्यक्ष कप बुद्धिचालको उपाधि क्षितिज भण्डारीलाई
    ९ घण्टा अघि

  • ३

    नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट जिल्ला शाखा 
    १0 घण्टा अघि

  • ४

    जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ
    १ दिन अघि

  • ५

    खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने
    १ दिन अघि

  • ६

    प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता
    १ दिन अघि

  • ७

    धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन
    १ दिन अघि

  • ८

    श्रीमानले गरे श्रीमतीको हत्या
    २ दिन अघि

  • ९

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    ३ दिन अघि

  • १०

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution