Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २४, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

रास्वपा धादिङको सभापतीमा राजन अर्याल

९ घण्टा अघि
२

नीलकण्ठद्वारा एसईई र BLE मा ४ जिपिए ल्याउने विद्यार्थीसँगै शतप्रतिशत नतिजा ल्याउने विद्यालय र शिक्षकलाई नगदसहित सम्मान

२२ घण्टा अघि
३

कामनपा वडा अध्यक्ष कप बुद्धिचालको उपाधि क्षितिज भण्डारीलाई

२३ घण्टा अघि
४

नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट जिल्ला शाखा 

१ दिन अघि
५

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ दिन अघि
६

खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने

१ दिन अघि
७

प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता

१ दिन अघि
८

धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

१ दिन अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

३ दिन अघि
१०

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

३ दिन अघि
११

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

३ दिन अघि
१२

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

३ दिन अघि

धेरै पढिएका

१

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ दिन अघि
२

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

२ हफ्ता अघि
३

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

२ हफ्ता अघि
४

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ हफ्ता अघि
५

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

५ दिन अघि
६

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

३ दिन अघि
८

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

२ हफ्ता अघि
९

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

४ दिन अघि
१०

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
११

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

२ हफ्ता अघि

उत्प्रेरणा (कथा)

  • बागमती कलम
  • ९५३ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ अषाढ १२, बुधबार (१ साल अघि)
उत्प्रेरणा (कथा)

 शरण रेग्मी

बाहिर वसन्त ऋतुको स्वच्छ आकाशमा धेरै ताराहरू चम्किरहेका थिए । निदाउनको लागि धेरै प्रयासहरू गरेपनि सकिन । कारण थियो –मनमा छिमेकीको छोरा सुकर्मको हिजोका शब्दहरू ।

कानमा उसका शब्दहरू गुन्जिरहन्छ; “बुबाको उत्प्रेरणाले नराम्रो कुकर्मलाई लात हानेर राम्रो, कर्मठ र असल छोरा बन्दैछु तर मेरो दाइ बुबाको जस्तै बिडो थामेर बुबाभन्दा पनि ठूलो कुलङगार बनी मृत्युको मुखमा पर्दैछ ।”

हाम्रो त्यो सुन्दर बस्तीमा मानिसहर अति नै मिलनसार, मेहनती र सहयोगी छन् । कुनै शुभकाम कसैको घरमा प¥यो भने सबै गाउँलेहरूले त्यो काम सिध्याउने जिम्मा लिन्छन्।

अतिथिलाई बनाउने खुवाउने, देखि लिएर सम्पूर्ण कामको जिम्मा उनीहरूले लिन्छन् । त्यसैले त भनिएको हो छिमेकी भनेका जिउँदाका जन्ती मर्दाका मलामी । वास्तवमा हाम्रो त्यो गाउँ पनि नमूना गाउँ नै थियो ।

पचास – साठी वटा घरमा व्यवस्थित उक्त गाउँ प्राकृतिक दृष्टिकोणले स्वर्गको एक टुक्रा जस्तै सुन्दर थियो । जस्तो नाम त्यस्तै थियो बस्ती तर पनि जँड्याहाले त्यो बस्तीलाई नर्कमा परिणत गर्दै आएको थियो ।

मेरो स्मृतिपटमा दश वर्षअघिको कुराहरू आउँछ । सुन्दर बस्तीको बीचमा थियो जँड्याहाको घर । सबैले बलवानलाई जँड्याहा भन्थे । नाम मात्र बलवान थियो, बल नभएर काम केही गर्न नसक्ने लुते कुकुर जस्तो थियो ।

जसको बल नै छैन, उसको नाम बलवान । अस्थिपञ्जरमा छाला मात्र टाँसिएर रहेको बलवान कुनबेला ढल्ने हो, कसैलाई पत्तो थिएन । कहाँ पुगेर ढल्ने हो कसैलाई पत्तो थिएन र कतिखेर मर्ने हो त्यो पनि कसैलाई पत्तो थिएन ।

बलवान का दुइ छोरा, एक छोरी र श्रीमती थिए । श्रीमती धेरै मेहनती थिई । कान्छो छोरो सुकर्म अति मिलनसार, मेहनती र परिश्रमी थियो । कक्षामा सधै A+ ल्याउने ऊ, आँखामा राख्दा पनि नबिझाउने खालको थियो ।

शिक्षकहरू भन्नुहुन्थ्यो –“सुकर्मले यही बाटो लियो भने हाम्रो विद्यालयको रेकर्ड तोड्छ । A+ त एस . एल . सी. मा ल्याउँछ ल्याउँछ ।” अर्को एक जना शिक्षकले भन्नुहुन्थ्यो– “सुकर्मको घरायसी परिस्थिति र वातावरण राम्रो भएन नत्र……. बहुमुखि प्रतिभाको धनी सुकर्म …” आदि आदि…….।

म नेपालमा रहँदा कक्षा आठमा अध्ययनरत सुकर्म अनुशासित थियो । शिक्षकलाई गर्नुपर्ने आदर र सम्मानमा उसको कुनै कमी थिएन । विद्यालयका भाइबहिनीहरुलाई आफ्नै भाइबहिनीलाई जस्तै माया, ममता गर्दथ्यो ।

होचो – होचो कदको गहुँगोरो सुकर्मले अभिभावकहरूमा राम्रो छाप पारेको थियो । विभिन्न सरसफाइका कामहरूमा ऊ नै अग्रसर हुन्थ्यो । चेतना फैलाउने काममा पनि ऊ नै अगाडि थियो । उसले गाउँपालिका र जिल्लाबाट पुरस्कारहरू पनि पाइसक्यो तर आफ्नै घरमा भने चेतनाको स्तर उठाउन सकेको थिएन ।

अझ भनौँ उसको आफ्नै घरमा भने फोहोरको डङ्गर थियो । त्यो फोहोर तह लगाउन उसले सकिरहेको थिएन । घरमा दुर्गन्ध फैलिएको थियो । त्यो दुर्गन्धले सारा गाउँलेको जीवनमा प्रतिकुल प्रभाव पारिरहेको थियो । उसको क्षमताले भ्याएसम्म बुबालाई सुधार्न धेरै प्रयास गर्यो तर सकेन ।

आमा र सुकर्मको प्रयासले पनि बुबाको बुद्धि सप्रिएन । यसैगरी गरीबीको दुर्गन्धले पनि छोडेको थिएन । यसरी अजिङ्गर जस्तो धेरै डरलाग्दो दिनहरू र रातहरू बिते ।

सुकर्मको एकजना दाइ सुमार्ग पनि थियो । ऊ कक्षा सातमा पढ्थ्यो । एउटा कक्षामा दुईवर्ष नबसी अर्को कक्षामा जान ऊ योग्य हुँदैनथ्यो । बुबाको जस्तै मरन्च्यासे, कमजोर उसको शरिर थियो । हुन त ऊ सोर बर्ष भइसक्यो । शिक्षकको आँखा कान छलेर सुर्ती, चुरोट, रक्सी खान्थ्यो । कक्षा कार्य, गृहकार्य गरेको कहिल्यै रेकर्ड भएन ।

बरु विद्यार्थी साथीहरूलाई कुटेको धेरै रेकर्डरहरू भए । शिक्षिका अमृतालाई कुट्ने दुश्प्रयास गरेको पनि रेकर्ड भयो । घरबाट आमाको पैसा चोरेर फिल्म हेर्न गएको पनि रेकर्ड भयो । एउटा कक्षा सात कै केटीलाई भगाएर चितवन गएको पनि रेकर्ड भयो । त्यही केटीको बाबु – आमाले पुलिसलाई खबर गरेर पुलिस चौकी गएको पनि रेकर्ड भयो । नराम्रो कामको रेकर्ड त कति भए कति ! तर राम्रो कामको रेकर्ड हुँदै भएन ।

उसले बुबाको बिडो राम्रोसँग थामेको थियो । शिक्षकहरूले रंगेहात पक्राउ गरेर धेरै सम्झाए । सुकर्मलाई ल्याएर पनि भाइको बारेमा सम्झाए तर अर्थहीन प्रयास भयो । घरको वातावरण डरलाग्दो थियो । आमालाई शिक्षकहरूले धेरैपटक अफिसमा बोलाएर सम्झाउनुभयो तर केही लागेन । ऊ समाज र विद्यालयको भाइरस हदै थियो । एउटै आमा – बाबुका रगतको डल्ला हरुमा पनि कति फरक !

हिजो दश वर्षपछि म विदेशबाट स्वदेश फर्किए । केही रकम कमाउनु भन्दा पनि अपाङ्ग भइ घर आइपुगे । कफिनमा आउनु परेन । त्यो नै ठूलो कुरा थियो । हिजै बलवान को बारेमा बृस्तित कुरा थाहा पाएँ । पाँच वर्षअघि, मैले राती जस्तो सास्ती पाएँ, त्यो सबैको लागि उस्तै थियो रे ।

गाउँको वडा अध्यक्ष, गाउँले सबैको रोहबरमा साथै परिवारको आग्रह अनुसार बलवान लाइ पुलिसलाई जिम्मा लगाए रे । पुलिसले केही दिन राखेर छोडिदिएछ र भागेर काठमाडौं प्रस्थान गरेछ । घरबाट बिदा भएर विदेश जानेक्रममा कालीमाटी पुग्दा बलवान भरिया बनेर भारी बोकिरहेको मैले प्रत्यक्ष देखेको थिएँ । झनै दुब्लो भएको थियो ।

काँधमा नाम्लो बोकेर यताउता हल्लिरहेको देखेको थिएँ । ठूलो बोरा हुनेले उसलाई बहुलाउँदैनथे किनकि ऊ धेरै कमजोर देखिन्थ्यो । स – साना झोलाहरू, बोरा हरु बोक्थ्यो रे र केही कमाएको रकमले रक्सी पिउँथ्यो रे । घरका सन्तान र श्रीमती पनि कमाएको पैसा खाएर भ्याएको र कालीमाटीमा हल्लिरहेको कुराले शान्त भएर बसेका थिए ।

काठमाण्डौं कालीमाटीमा भरियाको रुपमा लगभग एक महिना जति बसेर ऊ आफ्नो सुन्दर बस्ती फर्किएको थियो रे ।सोही वर्षको भदौ महिनाको चर्को घाममा झिंगा हरु भनन भइरहेको अवस्थामा उसको लास भेटिएको थियो रे । अत्याधिक रक्सी सेवन गरेर दुई दिन देखि हराएपछि सुकर्म र सुमार्गले खोलाको किनारमा बुबाको लास फेला पारेका थिए रे ।

जँड्याहा नै श्रीमान् भएपनि कुनैदिन राम्रो व्यक्ति भएर आउँछ होला, कुनै दिन सम्बन्ध राम्रो हुन्छ होला भन्नेमा बलवानको श्रीमती कलावतीको आशा थियो । तर त्यो आशा निराशामा परिणत भएको थियो । उनले महसुस गरिन्– “जिन्दगी भरी नै दुःख दिइरहने भएता पनि श्रीमान् भनेको श्रीमान् नै रहेछ यो पापी समाजमा ।

रातो टिका, रातो चुरा र रातो सारी लगाउन रहरै थियो तैपनि समाजले वञ्चित ग–यो” । सौभाग्य भनेर लगाइदिएको चुरा हतकडी जस्तै थियो । त्यसको ताल्चा श्रीमानसँग थियो । श्रीमान बितेपछि ताल्चा फोरियो तर विधवा नामको भोटेताल्चा लगाइदिए । पचास वर्षकी उनी श्रीमानको मृत्युमा धेरै भावविह्ल भइन् रे !

दिनहुँ जसो बेहोस हुने गर्थिन् रे ! फलस्वरुप, उनी बिरामी हुँदै गइन र गाउँघरमा सबैले भन्न थाले– “घरमा मरण भएको वर्ष यस्तै दशा लाग्छ ।”यस्तो समयमा शरीर शोकले कमजोर हुन्छ, हरेक रोगले च्याप्छ र प्रायः सबैजना बिरामी पर्छन् नै ।

बुबा बितेको पाँच बर्षपछि कान्छो सुकर्म छोरोले एम. वि.वि.एस.मा नाम निकालेर पढ्न थालेछ । गाउँलेहरूले पैसा संकलन गरी सहयोग गरे । छात्रवृत्तिमा सुकर्मले एम. वि.वि.एस. को पढाई सकायो । डाक्टरको कार्ड भिरेर ऊ बिरामीको सेवामा तल्लिन हुन थाल्यो । केही आर्जित रकमले घरखर्च टार्दै, बहिनीलाई पढाउदै उसले आफ्नो दिनचर्या बिताउन थाल्यो ।

दाइ सुमार्ग भने कुमार्गमा हिँडेको थियो । उसलाई एउटा सुधार गृहमा राखिदियो र त्यसका लागि आवश्यक खर्च गरिदियो तर दाइमा सुधार आएन । ऊ एक दिन सुधार गृहबाट नै भागेछ ।

सुधार गृहका व्यक्तिले नै भेटेर सुमार्गलाई परिवारको जिम्मा लगाइदिए । ऊ विस्तारै चोर, गजेडी बन्दै गयो । सुकर्म दाइ सुमार्ग लाई सुधार्न प्रयत्नशील भयो तर केही सीप लागेन ।

दुईवर्षअघि सुमार्गलाई पुलिसले काठमाडौं बाफलबाट पसल फुटाएर पैसा चोरिरहेको अवस्थामा समात्यो रे । सुकर्मले यो समाचार थाहा पायो र त्यही समयमा छात्रवृत्तिमा बंगलादेश कार्डियोलजी सर्जन पढ्नको लागि नेपाल सरकारले सिफारिस गरेको खबर कार्यरत अस्पतालको निर्देशकले सुकर्मलाई सुनाउनुभयो ।

सबैलाई सुकर्मले भन्ने गर्छ –“मेरो जड्याहा बाबुको उत्प्रेरणाले नराम्रो कुकर्मलाई लात हानेर राम्रो, कर्मठ र अशल छोरा बने तर मेरो दाइ बुबाको जस्तै बिँडो थामेर बाबुभन्दा पनि ठूलो कुलङगार बनी मृत्युको मुखमा पर्दैछ ।”

लेखक शरण रेग्मी सिद्धलेक गाउँपालिका–४ मा रहेको कालीदेवी माध्यमिक बिद्यालयका शिक्षक हुनुहुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Oli Lekhak pakrau sambandhi Artical.jpg

    ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

  • suresh-aryal-dhd

    `प्रेमको पाण्डुलिपि´

  • kesab rupakheti

    वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • 2

    कम्पनीको साधारण सभा यस कारण आवश्यक

  • समाचार
  • १

    रास्वपा धादिङको सभापतीमा राजन अर्याल
    ९ घण्टा अघि

  • २

    नीलकण्ठद्वारा एसईई र BLE मा ४ जिपिए ल्याउने विद्यार्थीसँगै शतप्रतिशत नतिजा ल्याउने विद्यालय र शिक्षकलाई नगदसहित सम्मान
    २२ घण्टा अघि

  • ३

    कामनपा वडा अध्यक्ष कप बुद्धिचालको उपाधि क्षितिज भण्डारीलाई
    २३ घण्टा अघि

  • ४

    नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट जिल्ला शाखा 
    १ दिन अघि

  • ५

    जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ
    १ दिन अघि

  • ६

    खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने
    १ दिन अघि

  • ७

    प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता
    १ दिन अघि

  • ८

    धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन
    १ दिन अघि

  • ९

    श्रीमानले गरे श्रीमतीको हत्या
    ३ दिन अघि

  • १०

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution