

काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनमा बाउनसरको रूपमा कार्यरत निकेत राई र तेन्जुङ् शेर्पालाई खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय बिनोद तामाङ र सोही ठाउँ बस्ने ३३ वर्षीय जिवन तामाङ रहेका छन् ।
काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमान चोक नजिक धारिलो हतियार प्रहार गरी उनीहरु फरार भएका थिए । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उक्त चोक नजिक मोटरसाइकलमा आएका ७/८ जना अपरिचित व्यक्तिहरूको समूहले राई र शेर्पालाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्नमध्ये बिनोद र जिवनलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।
उनीहरुलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |