धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङ कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा देशभरमा १४ औं भएको छ ।
गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा धादिङ प्रशासन १४ औं भएको हो ।
गत आर्थिक बर्षमा धादिङले पहिलो त्रैमासिकमा २८.७५, दोस्रो त्रैमासिकमा १७.२५, तेस्रो त्रैमासिकमा १६.७५ र चौथो त्रैमासिकमा ३३ गरी कार्यसम्पादन सम्झौता मूल्याङ्कनको १०० पूर्णाङ्कमा ९५.७५ अङ्कका साथ १४ औं भएको हो ।
देशभरका ७७ जिल्ला मध्ये रुपन्देही ९८ अङ्क सहित पहिलो, पाल्पा ९७.५ अङ्क सहित दोस्रो, ९७.६ अङ्क प्राप्त गरी बाग्लुङ तेस्रो भएको छ ।
यस्तै चौथोमा पश्चिम रुकुम ९७.५,मकवानपुर ९७.३७५ अङ्कसहित पाँचौँ, ९७.३७५ अङ्कसहित पर्वत छैठौ, ९७ अकं सहित गुल्मी सातौैँ, ९६.८ अंक सहित तेह्रथुम आठौँ, ९६.७५अंक सहित रोल्पा नवौ र ९६.५ अंक सहित सोलुखुम्बू दशौँ भएको छ ।
शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, शासकीय प्रबन्ध, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरण लगायत ६६ वटा सूचकहरूको आधारमा कार्यसम्पादन मूल्याङ्कन गरिएको बताइएको छ ।
गृह मन्त्रालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष सुरुआतसँगै कार्यसम्पादन सम्झौता गर्ने गरेका छन्।
हेर्नुहोस् ७७ जिल्लाको सम्पूर्ण विवरण :
विवरण पिडिएफमा :
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |