






धादिङ । नीलकण्ठ नगरपालिका-८ स्थित धादिङबेशी साँघुटारमा टुपी आनन्द स्पा वेलनेस सेन्टर एण्ड कफी शप सञ्चालनमा आएको छ।
स्वास्थ्य, आराम तथा मनोरञ्जनलाई लक्षित गरी स्थापना गरिएको सेन्टरको बुधबार नीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले उद्घाटन गर्नुभएको हो।
सेन्टरमा साउना, स्टिम, स्पा तथा फिटनेस सेवा उपलब्ध हुने सञ्चालक नवराज सिलवाल (टुपी) ले जानकारी दिनुभयो ।
शारीरिक थकान कम गर्न, शरीरलाई आराम दिन, तनाव कम गर्न तथा स्वस्थ जीवनशैली अपनाउन सहयोग पुग्ने उद्देश्यले जिल्लामै पहिलोपटक आधुनिक सुविधासहित यस्तो सेवा सञ्चालन गरिएको सञ्चालक सिलवालको भनाइ छ।
उद्घाटन समारोहमा नगर प्रमुख ढुंगानाले स्वास्थ्य र शरीरलाई स्वस्थ राख्न यस्ता सेवा उपयोगी हुने बताउनुभयो। उहाँले व्यस्त जीवनशैलीका कारण मानिसले आफ्नो स्वास्थ्य र शारीरिक आराममा पर्याप्त ध्यान दिन नसकिरहेको अवस्थामा यस्ता सेवा सञ्चालन हुनु सकारात्मक भएको बताउँदै सेवाग्राहीलाई एकपटक सेवा लिएर अनुभव गर्न आग्रह गर्नुभयो।
सञ्चालक नवराज सिलवाल (टुपी) का अनुसार १ करोड ४५ लाख लगानीमा स्थापना गरिएको सेन्टर धादिङ जिल्लाकै पहिलो व्यवस्थित साउना, स्टिम तथा स्पा सेवासहितको वेलनेस सेन्टर हो।
आर्थिक अवस्था कमजोर भएका तर स्वास्थ्य तथा शारीरिक आरामका लागि साउना र स्टिम सेवा लिन चाहने व्यक्तिहरूलाई आवश्यकताअनुसार निःशुल्क सेवा उपलब्ध गराउने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो।
सेन्टर सञ्चालनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना भएको छ। टुपी आनन्द स्पा वेलनेस सेन्टर एण्ड कफी शप तथा टुपी इन्टरप्राइजेजमार्फत हाल १० देखि ११ जनालाई रोजगारी प्रदान गरिएको सञ्चालक सिलवालले बताउनुभयो।
उहाँका अनुसार बारिस्टा, साउना तथा स्टिम सेवासम्बन्धी सीप सिक्न इच्छुक व्यक्तिलाई आवश्यक तालिमसमेत प्रदान गर्ने योजना रहेको छ।
स्पा तथा वेलनेस सेन्टरसँगै टुपी इन्टरप्राइजेज पनि सञ्चालनमा आएको छ। इन्टरप्राइजेजबाट कुखुराका दाना, चल्ला, अण्डा, ग्यास तथा प्लास्टिकजन्य सामग्रीको खुद्रा र थोक बिक्री गरिनेछ।
स्वास्थ्य, आराम, फिटनेस तथा कफीको सुविधा एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको टुपी आनन्द स्पा वेलनेस सेन्टर एण्ड कफी शपले धादिङबेशीमा नयाँ सेवा थप गरेको छ।
स्थानीयस्तरमै आधुनिक वेलनेस सेवा उपलब्ध भएपछि सेवाग्राहीले यस्ता सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
तस्विरको लागि तलको लिंक क्लिक गर्नुहोस्
https://www.facebook.com/share/p/1CPoctCgQz/
भिडियोको लागि तलको लिंक क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |