

काठमाण्डौ- आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी, देशभर भगवान् विष्णुको पूजा आराधना, तुलसीको विवाह र व्रत गरी मनाइँदैछ ।
यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात विष्णुसँग विधिपूर्वक विवाह गराउने वैदिक सनातनी परम्परा छ ।
असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ । त्यसैले यस दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ ।
यस अवधिमा विष्णुभक्तले तुलसीको व्रत तथा विशेष पूजा आराधना गर्ने परम्परा छ ।
भगवान् विष्णु शयनमा रहने भएकाले विवाह, व्रतबन्धलगायत माङ्गलिक कार्य नगर्ने धार्मिक मान्यता छ ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको मठलाई आज गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमालाले सजाएर भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीसँग दामोदरको विवाह गरिन्छ ।
तुलसी भगवान् विष्णुलाई प्रिय भएकाले तुलसी विवाहको परम्परा बसेको धर्मशास्त्रविद्हरू बताउँछन् ।
धार्मिक मान्यतासँगै तुलसीलाई औषधीय गुणयुक्त वनस्पतिका रूपमा पनि लिइन्छ ।
तुलसीको पात, डाँठ र फूल परम्परागत रूपमा रुघाखोकीलगायत समस्यामा प्रयोग हुँदै आएको छ ।
तुलसीको मठ भएको घरलाई पवित्र मान्ने र यसको पूजा आराधना गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |